Teaching Nepali language (नेपाली भाषा शिक्षण)

Dr.Khagendra Ghodasaini
1
नेपाली भाषा शिक्षण
डा. खगेन्द्र घोडासैनी

भाषा : भाषा मानवीय वस्तु हो । यो मानवीय सञ्चारका लागि प्रयोग हुन्छ । मानिस बाहेकका अरु प्राणीहरूले प्रयोग गर्ने सञ्चार संकेत, हाउभाउ, अनियमित ध्वनि आदिका कारण निश्चित बुझिँदैन । मानिसले गर्ने ध्वनि अवयव बाहेकका सञ्चारलाई पनि भाषा भनिँदैन । त्यसैले ध्वनि अवयवका सहायताले गर्ने मानवीय सञ्चार नै भाषा हो ।
नेपाली भाषा : नेपालमा बोलिने भाषा नै नेपाली भाषा हो । नेपाली भाषा नेपाल बाहिर पनि बोलिन्छ । नेपालका अरु मातृभाषी वक्ताहरूले पनि नेपाली वा अरु मातृभाषीहरूसँग सञ्चार गर्न नेपाली भाषाको प्रयोग गर्छन् । त्यसैले नेपाली भाषा सञ्चारको भाषा हो । यो सरकारी काम काजमा प्रयोग हुने राष्ट्रभाषा पनि हो । अधिकांश नेपालीहरूको मातृभाषा, सञ्चारको भाषा र राष्ट्रभाषा हुनाले नेपाली भाषा शिक्षणको आवश्यकता छ ।
भषा शिक्षण : भाषिक सिपको शिक्षण नै भाषा शिक्षण हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी भाषाका चार ओटा सिप छन् । यिनै सिपको शिक्षण नै भाषा शिक्षण हो । कान सुन्न सक्ने हरेक मानिसले मातृभाषा सुन्न र बोल्न सक्छ । सुनाइ र बोलाइ कथ्यभाषासँग सम्बन्धित सिप हुन् । विद्यालय गएपछि उसले भाषा पढ्न र लेख्न अभ्यास गरेर लेख्य भाषा पनि सिक्छ । त्यसैले पढाइ र लेखाइ लेख्यभाषासँग सम्बन्धित सिप हुन् ।
बालबालिकाहरूले घरमै कथ्यभाषा सिकेका भए पनि त्यो भाषिकास्तरको हुन्छ । उनीहरूले सुनाइ जस्तो भयो बोलाइ पनि त्यस्तै हुन्छ । सुनाइ नै ठिक भएन भने त्यो बोलाइमा पनि कमी देखिन्छ । उसले जस्तो भाषा बोल्छ त्यसको प्रभाव पढाइ र लेखाइमा पनि पर्नसक्ने हुँदा सुनाइ र बोलाइमा पनि शुद्धता ल्याउन र शुद्ध पढ्न र शुद्ध वा मानक भाषा सिक्न उसलाई भाषा शिक्षण गर्नु पर्ने हुन्छ । त्यसैले भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपको शिक्षण नै भाषा शिक्षण हो ।
भाषिक भेद : नेपाली भाषाका कथ्य र लेख्य दुई भेद छन् । कथ्य भाषा सुनाइ र बोलाइसँग सम्बन्धित छ । लेख्य भाषा पढाइ र लेखाइसँग सम्बन्धित छ । कथ्य र लेख्य भाषामा देखिने अन्तरलाई पहिल्याएर दुबैको उचित तरिकाले प्रयोग गर्न सक्ने तुल्याउनतर्फ भाषा शिक्षक सचेत बन्नु पर्दछ । भाषामा पाइने कथ्य र लेख्यभेदका बिच पाइने अन्तरलाई पहिल्याएर भाषा शिक्षण गर्नु पर्दछ ।
भाषिका सिप :
कथ्य सिप : सुनाइ र बोलाइ मौखिक सिप÷मौखिक अभिव्यक्ति
लेख्य सिप : पढाइ र लेखाइ लेख्य सिप/लिखित अभिव्यक्ति
प्रदानात्मक भाषिक सिप : बोलाइ र लेखाइ यिनबाट भाषाको अभिव्यक्ति हुन्छ
आदानात्मक भाषिक सिप : सुनाइ र पढाइ यिनबाट भाषाको बोध हुन्छ ।
भाषिक सिपको आपसी सम्बन्ध
भाषा शिक्षणका समान्य सिद्धान्तहरू
एककालिकता
स्तरीयता र उपयुक्तता
अभ्यास र पुनरावृत्ति
स्तरण र क्रमबद्धता (सरलताबाट जटिलको सूत्र अनुसार, सिकाइ सिद्धान्त अनुसार)
व्यक्तिगत भिन्नता (भाषा, क्षमता, रुचि आदि)
शिक्षण विधिमा विविधता
रुचिपूर्णता
सहभागितामूलक
योजनाबद्ध शिक्षण
निरन्तर मूल्यांकन
पूरक सामग्रीको उपयोग
नेपाली भाषा शिक्षणसँग सम्बन्धित
(क) पहिलो भाषाका रूपमा नेपाली शिक्षण
सिकारुले सर्वप्रथम सिकेको भाषा पहिलो भाषा हो, पहिलो नै भाषा मातृभाषा हुन पनि सक्छ नहुन पनि सक्छ । आमाले बोलेको भाषा सन्तानले सिकेको अवस्थामा त्यसलाई मातृभाषा भनिन्छ । बहुभाषिक समाजमा पहिलो भाषा मातृभाषा नहुन पनि सक्ने सम्भावना हुन्छ । पहिलो भाषाका रूपमा नेपाली सिकेका सिकारुहरूलाई नेपाली सिकाउँदा
सुनाइ र बोलाइभन्दा पढाइ र लेखाइमा जोड दिने,
मानक भाषाको प्रयोगमा जोड दिने,
भाषिकागत भिन्नताले सुनाइ र बोलाइमा रहेका कमी कमजोरी हटाउन मद्दत गर्ने,
(ख) दोस्रो भाषाका रूपमा नेपाली शिक्षण
कुनै एउटा भाषा सिकिसकेपछि सिकिने जुनसुकै भाषालाई दोस्रो भाषा भनिन्छ । नेपाली सिकेकाले अंग्रजी सिक्नु, नेवारी सिकेकाले नेपाली सिक्नु, थारु सिकेकाले नेपाली सिक्नु दोस्रो भाषाका उदाहरण हुन् । अरु भाषा सिकेर नेपाली भाषा सिक्न सुरु गर्ने सिकारुलाई नेपाली भाषा दोस्रो भाषाका रूपमा शिक्षण गरिन्छ ।
(ग) बहुभाषिक कक्षामा नेपाली शिक्षण
दुई वा दुईभन्दा बढी भाषा सिकेका सिकारुहरू उपस्थित भएको कक्षा कोठालाई बहुभाषिक कक्षा भनिन्छ । नेपाल बहुभाषिक मुलुक भएकाले जुनसुकै ठाउँका कक्षामा पनि बहुभाषिकता रहन सक्ने सम्भावना देखिन्छ । बहुभाषिक कक्षामा भिन्न भिन्न भाषा परिवारका सिकारुभन्दा एउटै भाषा परिवारका सिकारु भएमा त्यस्ता कक्षामा शिक्षण अपेक्षाकृत सजिलो हुन्छ । भिन्न परिवार र नेपाली पहिलो भाषा भएका सिकारुको अभावमा कक्षा अझै जटिल बन्न जान्छ । दोस्रो भाषा र बहुभाषिक कक्षामा नेपाली शिक्षण गर्दा निम्नलिखित तरिका अपनाउन सकिन्छ :
सुनाइ र बोलाइमा बढी अभ्यास गराउने,
सिकारुको भाषाका शब्द संकलन गरी कक्षामा तिनको प्रयोग गर्ने,
अनुवाद विधिको प्रयोग गर्ने,
नेपाली पहिलो भाषा भएका सिकारुसँग अरु सिकारुलाई मिस्याएर राख्ने,
भाषा संसर्ग र श्रुतिभाषिक पद्धतिको प्रयोग गर्ने,
परिचय, खाना, लुगा, शरीरका अंगसँग सम्बन्धित शब्दको अभ्यास र पुनरावृत्तिमा जोड दिने,
नेपाली भाषा शिक्षणका समस्याहरू
मानक नेपाली भाषा सिकाउने समस्या
व्याकरण र वर्ण विन्यास शिक्षणको समस्या
नेपाली भाषाप्रतिको नकारात्मक दृष्टिकोण
दक्ष जनशक्तिको अभाव
समस्याको निराकरण
समस्याको पहिचान,
समस्याको वर्गीकरण,
समस्याको निदानका उपायहरू,
उपायको कार्यान्वयन
नेपाली भाषाको संवैधानिक व्यवस्था
वि.सं. १८३१ मा पृथ्वी नारायण शाहले दिव्योपदेशका सन्दर्भमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भनी घोषणा गरेपछि राज्यले यस भाषालाई सर्वप्रथम कानुनी मान्यता दिएको देखिन्छ । त्यसपछि नेपालका संविधानहरूमध्ये २००४ र २०१९ मा भाषा सम्बन्धी कुनै व्यवस्था थिएन । २०१५ र २०४७ का संविधानमा नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा मान्यता दिइयो । नेपालको संविधान २०७२ ले नेपाली भाषासँग सम्बन्धित प्रावधानहरू निम्नलिखित छन् :
+ “नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।” (भाग– १, धारा– ६)
+ ”देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।” (भाग– १, धारा– ७, उपधारा– १)
संविधानले नेपाली भाषालाई राष्ट्रभाषा र सरकारी कामकाजको मान्यता दिएको छ । यसकारण नेपाली भाषाको संरक्षण, सम्बर्धन, उत्थान र विकास गर्ने दायित्व राज्यमा निहीत छ । शिक्षा, सञ्चार, प्रशासन, उद्योग, कलकारखाना र तिनका उत्पादन वितरणमा नेपाली भाषाको बढ्दो प्रभावका कारण पहिलो भाषा र दोस्रो भाषाका रूपमा नेपाली सिक्ने सबै सिकारुलाई मानक नेपाली भाषाको शिक्षण गरी राज्यको उद्देश्य परिपूर्ति गर्नु भाषा शिक्षकको कर्तव्य हुन आउँछ ।
श्रुतिबोध/सुनाइ शिक्षणका कार्यकलापहरू
ध्वनि विभेदीकरण
वर्ण विभेदीकरण
शब्द विभेदीकरण
वाक्य विभेदीकरण
अनुप्रास मिलाउने
श्रुतिबोध
श्रुति रचना
मौखिक प्रश्नोत्तर आदि
बोलाइ/मौखिक अभिव्यक्ति शिक्षणका कार्यकलापहरू
ध्वनि, वर्ण, अक्षर र शब्द उच्चारण
कुराकानी/संवाद
प्रश्नोत्तर
चित्र वा वस्तु वर्णन
कथाकथन
नाटकीकरण/अभिनय
घटना वर्णन
मौखिक प्रतिवेदन
चिट्ठा खेल
छलफल वा वादविवाद
सस्वर पढाइ/लिखित अभिव्यक्ति शिक्षणका कार्यकलापहरू
गति, यति र लय मिलाएर सस्वर वाचन
हाउभाउ प्रदर्शन
चिह्नको उचित अभिव्यक्ति
आरोह र अवरोह
भाव अनुकूलता
पढाइमा शुद्धता
स्वाभाविक पढाइ (बोलाइको नजिक ल्याउनु)
मौन पठन वा द्रत पठन शिक्षणका कार्यकलापहरू
पठन बोध
द्रुत पठन
लेखाइ/लिखित अभिव्यक्ति शिक्षणका कार्यकलापहरू
अक्षर लेखन
अनुलेखन
श्रुति लेखन
अनुभव लेखन
वस्तु, चित्र वा घटना वर्णन
अनुच्छेद लेखन/रचना
सारांश लेखन
भाव विस्तार
संवाद लेखन
प्रश्नोत्तर लेखन
निबन्ध लेखन
चिठी लेखन
लेखनका प्रकार :
निर्देशित लेखन : बुँदा, वा खाली ठाउँ पुरा गर्ने प्रकृतिको लेखन
स्वतन्त्र लेखन : बुँदा नदिएर तोकिएको शीर्षकमा लेखन
सिर्जनात्मक लेखन : मौलिक लेखन, शीर्षक दिएर वा नदिएर, विषयवस्तु तोकेर वा नतोकेर गराइने लेखन
शब्दार्थ शिक्षणका कार्यकलापहरू
चित्र वा वस्तुद्वारा अर्थ बताउने
आशय बताउने
पर्यायवाची शब्द बताउने
परिभाषा दिने
विपरीतार्थी शब्दद्वारा अर्थ बताउने
वाक्यमा प्रयोग गर्न लगाउने
कार्यमूलक व्याकरण शिक्षणका विधि
भाषा संसर्ग वा प्रत्यक्ष विधि
भाषा पाठ्यपुस्तक विधि
आगमन विधि
निगमन विधि
वर्ण विन्यास शिक्षणका क्षेत्रहरू
ह्रस्व र दीर्घ (इउ)
ए/य
श/ष/स
व/ब, व/ओ
ऋ/रि, क्ष/छे, क्ष्य/छ्य, ज्ञ/ग्यँ
हलन्त र अजन्त
शिरविन्दु र चन्द्रविन्दु
संयुक्ताक्षरमा ‘र’
लेख्य चिह्न
वर्ण विन्यास शिक्षणका कार्यकलापहरू
श्रुति लेखन
अनुलेखन
प्रतियोगितात्मक कार्यक्रम
खोज (वर्ण, मात्रा, चिह्न, श, ष, क्ष आदि लागेका शब्द खाज्ने अभ्यास)
विधा शिक्षणका कार्यकलापहरू
कविता निबन्ध/जीवनी कथा अभिनेय विधा (एकाङ्की, संवाद, मनोवाद, वादविवाद) व्यावहारिक रचना
(चिठी/निवेदन, दैनिकी
लय वाचन
उच्चारण शिक्षण
शब्दार्थ शिक्षण
बोध प्रश्नोत्तर
भावबोध
सारांश कथन/लेखन
भाव विस्तार
सिर्जनात्मक लेखन सस्वर वाचन
उच्चारण शिक्षण
शब्दार्थ शिक्षण
मौखिक वर्णन
लिखित वर्णन
बोध प्रश्नोत्तर
सारांश कथन:
लेखन
वाक्य रचना
निबन्ध:
जीवनी लेखन सस्वर वाचन
उच्चारण शिक्षण
सारांश कथन
शब्दार्थ शिक्षण
बोध प्रश्नोत्तर
घटनाक्रम मिलाउने
प्रश्नोत्तर लेखन
सारांश लेखन
कथा कथन
कथा लेखना/रचना अभिनयपूर्वक सस्वर वाचन
उच्चारण शिक्षण
शब्दार्थ शिक्षण
बोध प्रश्नोत्तर
सारांश कथन/लेखन
संवाद/वादविवाद/कुराकानीको प्रस्तुति र लेखनको अभ्यास
सिर्जनात्मक लेखन
सस्वर वाचन
उच्चारण शिक्षण
शब्दार्थ शिक्षण
बोध प्रश्नोत्तर
सारांश कथन/लेखन
व्यावहारिक रचना लेखनको अभ्यास
खामको नमुना
भाषिक मूल्याङ्कन
भाषा शिक्षणका उद्देश्य अनुरूप भाषिक सिप सिकाइको लेखाजोखा नै भाषिक मूल्याङ्कन हो । यसमा ज्ञानभन्दा सिपमा जोड दिनु पर्छ । शुद्ध उच्चारण, पठन, लिखित रचना र व्याकरणात्मक पक्षहरू भाषिक मूल्याङ्कनमा समेटिनु पर्दछ । भाषिक मूल्याङ्कन कक्षा, उमेर, स्तर, क्षमता र उपलब्ध साधनका आधारमा गरिनु पर्दछ ।
भाषिक मूल्याङ्कनका साधनहरू
(क) लिखित परीक्षा (ख) मौखिक परीक्षा
(ख) भाषिक अभिलेख ग) प्रयोगात्मक परीक्षा
(घ) पर्यवेक्षण/अवलोकन (ङ) कक्षा कायमा सहभागिता
(च) प्रश्नोत्तर/छलफल (छ) सिर्जनात्मक कार्य
भाषिक मूल्याङ्कनका प्रकार
छोटो उत्तरात्मक प्रश्न
लामो उत्तरात्मक
अतिसङ्क्षिप्त उत्तरात्मक
सङ्क्षिप्त उत्तरात्मक
व्याख्यात्मक ।

Post a Comment

1 Comments
  1. सर नमस्कार !
    ‘नेपाली भाषाका कक्षामा योजनाबद्ध शिक्षण’ सँग सम्बन्धित केही सामग्री भए मलाई सहयोग गर्न हुन विनम्र अनुरोध ।
    joshiji23@gmail.com

    ReplyDelete
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top