सेवा र सर्तहरू

Nepali Research Articles नामक ब्लगका सेवा र सर्तहरू :
नेपाली भाषा, साहित्य र लोकसाहित्यसँग सम्बन्धित अनुसन्धान गर्ने अनुसन्धाता र पाठकहरूलाई हार्दिक स्वागत छ ।
१. यो डा. खगेन्द्र घोडासैनीको व्यक्तिगत ब्लग हो । यसमा केवल डा. खगेन्द्र घोडासैनीले लेखेका अनुसन्धानात्मक र सिर्जनात्मक लेखरचनाहरू मात्रै प्रकाशन गर्ने व्यवस्था गरिएको छ । यसमा लेखकले आफैँ तयार पारेका रचना मात्रै प्रकाशित गर्ने गरिएको छ । यिनको कोही कसैले सन्दर्भ उल्लेख नगरी जस्ताको तस्तै कपी गरेर प्रयोग गर्न पाइने छैन । यदि कसैले यस्तो कार्य गरेको अवस्थामा नेपालको प्रतिलिपि अधिकारसम्बन्धी कानुन आकर्षित हुने बेहोरा आदरणीय सम्पूर्ण पाठकवर्गमा जानकारी गराइन्छ ।
२. यसमा नेपाली भाषा, साहित्य र लोकसाहित्यसँग सम्बन्धित अनुसन्धानमूलक लेख, नेपाली भाषा शिक्षण, सिर्जनात्मक लेखन, समसामियक र 'अछामि भासा'सँग सम्बन्धित विषयवस्तुमा आधारित लेख रचना प्रकाशित गर्ने गरिएको छ ।
३. यसमा जुनसुकै पाठकलाई पढ्न र प्रतिक्रिया दिने सुविधा उपलब्ध छ । त्यस्ता प्रतिक्रियालाई आधार बनाएर लेख सच्याउनेदेखि पाठकलाई आवश्यक परेको विषयवस्तुमा आधारित लेख पनि तयार पारेर पोस्ट गरिने छ ।
४. यसमा कुनै पनि पाठकले आफूले तयार गरेको लेख/रचना पोस्ट गर्न र यसमा प्रकाशित लेख आफैँ परिमार्जन गर्न र यसका लेखकलाई नसोधीकन कपी गरेर अन्यत्र प्रकाशन गर्न तथा तिनलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाउने छुट छैन ।
५. लेखकसँग सम्पर्क स्थापित गर्न kghodasaini2017@gmail.com वा https://www.facebook.com/profile.php?id=100030613196872 को प्रयोग गर्न सकिने छ ।
यसमा प्रकाशित लेखहरूमा यहाँको रुचिका लागि हार्दिक धन्यवाद !

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top