An account of the languages ​​and literary works of the Middle and Far West (मध्य र सुदूर पश्चिमका भाषा र साहित्यिक कृतिको विवरण)

Dr.Khagendra Ghodasaini
3
मध्य र सुदूर पश्चिमका भाषा र साहित्यिक कृतिको विवरण
डा. खगेन्द्र घोडासैनी

सुदूर र मध्यपश्चिमका भाषिकाहरूको पहिचान, संरक्षण, संवर्धन र विकासमा टेवा पुर्‍याउने प्रकृतिका अभिलेख, लोक साहित्य, भाषा वा व्याकरण, शब्दकोश, लेख्य साहित्य र पत्र पत्रिकाको प्राप्त विवरणलाई परिशिष्टमा समावेश गरिएको छ । यसबाट यहाँको भाषा र साहित्यमा के कति कार्यहरू भएका छन् र तिनको अवस्था कस्तो छ ? भन्ने कुराको जानकारी मिल्ने अपेक्षा गरिएको छ ।
अभिलेख
शिलालेख, ताम्रपत्र, कनक पत्र, वंशावलीका प्रशस्ति आदिले यसक्षेत्रमा प्रचलित भाषिकाका प्राचीन कालका अभिव्यक्तिको प्रतिनिधित्व गरेका छन् । त्यस्ता सामग्रीहरूमध्ये केही सामग्रीहरूको सङ्कलन, पुनर्लेखन एवम् तिनका सम्बन्धमा आवश्यक टिप्पणीसमेत भएको पाइन्छ । यस्ता अभिलेखहरूको सङ्कलन योगी (२०१२ र २०२२), अधिकारी (२०५६) पोखरेल (२०६७) र खनाल (२०६८) बाट भएको छ ।
लोकसाहित्य
दण्डिस्वामी केवला नन्द (२०२०) अछामको होरी
देवकान्त पन्त (२०३२) डोटेली लोकसाहित्य : एक अध्ययन
विजय चालिसे (२०३९) डोटेली लोकसाहित्य
तेजप्रकाश श्रेष्ठ (२०४४) अछामी लोकसाहित्य
उद्धवदेव भट्ट (२०५८) बैतडेली लोकगीतको अध्ययन
खगेन्द्र घोडासैनी (२०६०) गाली साहित्य र अछामी गालीमा पाइने व्यङ्ग्य चेतना
खगेन्द्रप्रसाद उपाध्याय (२०६१) अछामी ड्यौंडा गीतको अध्ययन
जनकदत्त उपाध्याय (२०६३) अछामी लोककथाको संरचनात्मक अध्ययन
नेत्रराज उपाध्याय (२०६४) अछाम जिल्लामा प्रचलित उखानहरूको अध्ययन
जितानन्द अधिकारी (२०६४) अछामी मागल र पर्व गीतहरूको सङ्कलन, वर्गीकरण र विश्लेषण
देवेन्द्रप्रसाद भट्ट (२०६५) अछाम जिल्लामा प्रचलित होरीगीतको अध्ययन
नरबहादुर बुढा (२०६७) अछाम जिल्लामा प्रचलित भुओ पर्वगीतको अध्ययन
खगेन्द्र घोडासैनी (२०६७) अछामी गालीको अध्ययन
ईश्वरदत्त जोशी (२०६७) बैतडी जिल्लाको पुर्चौडी क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन
देवेन्द्रप्रसाद भट्ट (२०७२) अछामी होरी गीतको पौराणिक सन्दर्भ तथा गीति तत्त्वगत अध्ययन
भाषा र व्याकरण
ज्योतिप्रकाश जोशी (२०२१ अनुमातिन) बझाङी व्याकरण
चूडामणि बन्धु (२०२८) सिन्जाली भाषिका
रामविक्रम सिजापति (२०३७) कर्णाली भाषिका समूहको तुलनात्मक अध्ययन
रामविक्रम सिजापति (२०४०) केन्द्रीय नेपाली भाषिकाहरू
जीवेन्द्रदेव गिरी (२०४०) सिम्ताली क्रियाका संरचनाको भाषा वैज्ञानिक विश्लेषण
नेत्रप्रसाद पनेरु (२०४०) डडेल्धुराली भाषिकामा विभक्ति
रामविक्रम सिजापति (२०५०) जुम्ली भाषिकाको वर्णनात्मक अध्ययन
यमनाथ तिमिल्सिना (२०५०) सङ्ख्या र सार्वनामिक शब्दका आधारमा नेपालीका भाषिकाको निर्धारण
यज्ञेश्वर निरौला (२०५१) क्रियाको रूपतत्त्वका आधारमा नेपालीका भाषिकाको निर्धारण
शखिशरण सुवेदी (२०५१) वाक्यतत्त्वका आधारमा नेपालीका भाषिकाको सर्वेक्षण
जीवेन्द्रदेव गिरी (२०५३) भेरी क्षेत्रीय नेपाली क्रियाको संरचनात्मक विश्लेषण
भागवत आचार्य (२०५३) उच्चारणका आधारमा नेपालीका भाषिकाको निर्धारण
लावण्यप्रसाद ढुङ्गाना (२०५३) आधारभूत शब्दावलीका आधारमा नेपालीका भाषिकाको निर्धारण
प्रेमराज, ‘सुशील’ (२०५४) डोल्पाली भाषिका : एक अध्ययन
महादेव अवस्थी (२०५५) बैतडेली भाषिकामा स्त्रीलिङ्गी प्रयोग
खगराज जोशी (२०५५) डोट्याली भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिको तुलनात्मक अध्ययन
हर्कबहादुर शाही (२०५५) अछामी भाषिकाको अध्ययन
डिल्लीराज पन्त (२०५६) डडेल्धुरेली भाषिका : एक अध्ययन
खगराज जोशी (२०५७) डोटेली भाषिका र नेपाली भषाका व्याकरणिक कोटिको तुलनात्मक अध्ययन
ताराप्रसाद न्यौपाने (२०५९) सान्तडी भाषिका : एक अध्ययन
नेत्रप्रसाद पनेरु (२०६१) डोटेली शब्द घटक
देवराज शर्मा भट्ट (२०६१) डोटेली मूल भाषाको विवेचना अर्थात् पहाडी व्याकरण
नेत्रप्रसाद पनेरु (२०६३) डोटेली आहान माला
देवबहादुर शाही (२०६०) जाजर कोटी भाषिका र स्तरीय नेपाली भाषाको व्यतिरेकी अध्ययन
देवराज भट्टराई (२०६०) बझाङी नेपाली : एक अध्ययन
चन्द्रा वली (२०६२) सामाजिक भाषिकाका रूपमा रूकुमेली नेपाली
सुरेन्द्रकुमार बम (२०६२) बैतडेली भाषिका र स्तरीय नेपाली भाषिकाको व्यतिरेकी विश्लेषण
गणेशबहादुर बोहोरा (२०६२) बझाङ्गी भाषिका र स्तरीय नेपाली भाषाको व्यतिरेकी विश्लेषण
ऋषिकेश ढकाल (२०६२) अछामी भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिको तुलनात्मक अध्ययन
डबलबहादुर खड्गा २०६२) बझाङी भाषिकाको रूपतात्त्विक अध्ययन
भुवनेश्वरी बडु (२०६३) दार्चुलेली भाषिका र स्तरीय नेपाली भाषाको व्यतिरेकी विश्लेषण
गोविन्दसिंह बिष्ट (२०६३) डडेल्धुराली भाषिका र स्तरीय नेपाली भाषाको व्यतिरेकी विश्लेषण
रूपक रौले (२०६४) बाजुरेली भाषिका र स्तरीय नेपाली भाषाको व्यतिरेकी विश्लेषण
अनिल शाह (२०६४) अछामी भाषिकाका व्याकरणात्मक कोटिको अध्ययन
हरिश्चन्द्र भट्ट (२०६४) बझाङी नेपाली : एक विश्लेषणात्मक अध्ययन
जीवेन्द्रदेव गिरी (२०६५) सिम्तालीको भाषा वैज्ञानिक अध्ययन
गिरीप्रसाद जोशी (२०६६) डडेल्धुरेली भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिहरूको व्यतिरेकी अध्ययन
हिक्मतबहादुर सोडारी (२०६७) अछामी भाषिकाका व्याकरणात्मक कोटिको अध्ययन
मनिराम जैसी (२०६७) बाजुराली भाषिकाका व्याकरणात्मक कोटिको अध्ययन
शारदा पाण्डेय (२०६८) डडेल्धुरेली भाषिकाका व्याकरणात्मक कोटिको अध्ययन
लक्ष्मीराज पण्डित (२०६९) बझाङ्गी नेपालीको अध्ययन
चक्रबहादुर बोहोरा (२०६९) अछामी भाषिका र मानक नेपाली भाषाकोे वाक्य गठन प्रक्रियाको तुलनात्मक अध्ययन
गणेश सोडारी (२०६९) अछामी भाषिका र मानक नेपाली भाषाको पद सङ्गति सम्बन्धी व्यतिरेकी अध्ययन
हर्कबहादुर शाही (२०७०) अछामी भाषाको अध्ययन
मोहनप्रसाद भट्ट (२०७१) डडेल्धुरेली भाषाको अध्ययन
खगेन्द्र घोडासैनी (२०७२) अछामी भाषिका र नेपाली भाषाको व्यतिरेकी अध्ययन
यज्ञेश्वर निरौला (२०७२) नेपालीका भाषिकाहरूको अध्ययन
शब्दकोश
भीमदेव भट्ट र अर्जुनदेव भट्ट (२०१८) बैतडीका स्थनीय शब्द
रत्नाकर देवकोटा (२०२७) जुम्लेली शब्द र उखान सङ्ग्रह
चक्रपाणि खनाल (२०३६) डोट्याली भाषिकाको वर्ण विश्लेषण र अर्थ सहित शब्द सङ्कलन
हरिप्रसाद शर्मा (२०३६) बैतडेली भाषिकाको ध्वन्यात्मक शब्द सङ्कलन
वीरबहादुर चन्द (२०५१) डोट्याली शबद भणाँर (डोटेली शब्द भण्डार)
बद्रीप्रसाद शर्मा ‘बिनाडी’ (२०५५) डोटेली भाषिकाको शब्दकोश
आर.डी.प्रास ‘चट्टौत’ (२०५८) डोट्याली बृहत् शब्दकोश
राजेन्द्रकुमार आचार्य (२०६०) केन्द्रीय भाषिका कोश
खगेन्द्र घोडासैनी (२०६४) अछामी भाषिकाको शब्दकोश निर्माण
हरिबाबु चौलागाई (२०६२) जुम्लेली झर्रा खस भाषाको सङ्क्षिप्त शब्दकोश र लेख रचनाको संगालो
लेख्य साहित्य
पहलमानसिंह स्वारको लालुभागा (रचना वि.सं.१९७५, प्रकाशन २०३३) नाटक तथा फुटकर कविता ।
पत्र पत्रिका र रेडियो
कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ र जुम्लाका एफएम रेडियोमा स्थानीय भाषिकामा समाचार वाचन हुने गरेको पाइन्छ भने रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट डोटेली भाषामा समाचार वाचन हुने गरेको छ । यस्तै कञ्चनपुरबाट ‘घुगुती’, ‘आफन्त’, ‘प्याउली’ (मासिक) र धनगढीबाट ‘सुदूर चिनारी’ (मासिक) समाचारमूलक पत्रिका डोटेली भाषामा प्रकाशित हुने गरेका छन् ।
अन्य
अडियो, भिडियो गीति क्यासेट एल्बम, सिडी, केन्द्रीय एवम् क्षेत्रीय रूपमा प्रसारित हुने गरेका सचेतनामूलक सूचना, विज्ञापन आदि पनि यसक्षेत्रका भाषिकाहरूमा प्रसारित भएका देखिन्छन् ।
यी विविध गतिविधिका कारण यसक्षेत्रका भाषिकाहरूको संरक्षणमा मद्दत पुगेको छ । सरकारी तहबाट यस्ता कार्य अझै बढाउनु पर्ने आवश्यकता देखिन्छ ।

(यो अपुरो सामग्री हो । यसमा मसँग उपलब्ध भएका कृतिको विवरण समावेश गरेको छु । यहाँहरुसँग भएका कृतिहरुको विवरण दिएर यसलाई पूरा गर्न सहयाेग पुर्‍याउनुहुने छ भन्ने अपेक्षा गरेको छु ।)

Post a Comment

3 Comments
Post a Comment

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top