बुबाप्रति

Dr.Khagendra Ghodasaini
0

बुबाप्रति



डा. गनेन्द्र घोडासैनी
स्मृतिका पत्र पल्टाई म खोज्छु के हो जीवन ?
सहारा जन्मदाताको हुँदा निर्धक्कको क्षण ।
हुन्छ आनन्द सम्पूर्ण भुक्तभोगी सबैकन,
सहाय नभए कोही संसारै बन्छ निर्जन ।
म एक्लापनको भारी एक्लै बोक्छु बिसाउँछु,
मेरो अन्तरमा नित्य बुबाकै अंश पाउँछु ।
बुबाका कर्मले मेरो देह यो पूर्ण सिक्त छ,
बुबाका मर्मले खाली सारा संसार रिक्त छ ।
म खाली पनमा भारी भई बाँच्छु घरि घरि,
चिलगाडी जसो हुन्छ व्योममा उडदाखेरि ।
द्वैधमा एकता देख्छु एकमा द्वैध देख्दछु,
अद्वैत भावमा बाँची एउटै सार लेख्तछु ।
समाती हिँड्दथेँ आङ्लो अनुगामी सदा हुँदै,
लाग्दथ्यो पृथिवी सारा मेरै अधिनमा छ है ।
रमाई फुल्दथेँ नित्य बुबाको साथ पाउँदा,
चिन्ताको कणले कैल्यै छोएन कत्ति गाथमा ।
म आकाङ्क्षा लिई उड्दा सपना विपना जति,
सबैले पुष्पको रूप पाई फुल्थे सधैँभरि ।
१०
अर्पी सुमन श्रद्धाका अश्रू पुरित नेत्रले
बुबाकै स्मृतिमा शिर झुकाईकन प्रेमले ।
।।।।

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top