नेपाली वर्णविन्यासको समस्या : बाजेवाद र बाजवाद
डा. खगेन्द्र घोडासैनी
(सारसङ्क्षेप : प्रस्तुत लेख नेपाली भाषाको वर्ण विन्यासका समस्याहरूमध्ये प्रमुख समस्या बाजेवाद र बाजवाद हो भन्ने कुरा देखाउनमा केन्द्रित छ । नेपाली वर्ण विन्यास संस्कृत अनुसार हुन पर्छ भन्नु बाजेवाद हो भने अंग्रेजी, हिन्दी लगायतका भाषा जस्तो हुनु पर्छ भन्ने विचार बाजवाद हो । नेपाली वर्ण विन्यासमा सुधार गर्न यसलाई संस्कृत, अंग्रेजी, हिन्दी लगायतका भाषाबाट मुक्त राख्नु पर्छ भन्ने धारणामा सबै सहमत नभएसम्म वर्ण विन्यासका समस्याको समाधान हुने देखिँदैन । नेपाली भाषाको वर्ण विन्यास भानुभक्त र मोतीरामका समयसम्म निर्विवाद थियो किन भने त्यो वेला बाजेवाद र बाजवादको उदय भएको थिएन । रामहरि आदीले बिउ रोपेपछि सुरु भएको नेपाली वर्ण विन्यासको विवाद नेकशुले (१९९१), नेबृश (२०४०) र अनिवार्य शिक्षण निर्देशिका (२०६५) ले केही सुल्झाउन खोजे पनि ‘मानक नेपाली भाषा अन्तराष्ट्रिय सन्जाल’का नाममा भइरहेका गतिविधिले पुनः नेपाली वर्ण विन्यासमा बाजेवाद र बाजवादकै बोलवाला रहेको प्रमाणित गरेको निष्कर्ष निकालिएको छ ।) प्रमुख शब्दावली : वर्ण विन्यास, बाजेवाद, बाजवाद, भाषा, उच्चारण, मानकीकरण, ह्रस्व, दीर्घ, लेखन आदि ।
विषय परिचय
नेपाली भाषाको वर्ण विन्यासका मान्यताहरू हलन्त बहिष्कार आन्दोलनले उठान ग¥यो । यसले नेपालीमा हलन्त लेख्नु हुँदैन भन्ने मान्यता अघि सारेपछि पण्डित (१९६९) को व्याकरणले नाम, सर्वनाम र विशेषणमा हलन्त हुँदैन तर क्रियामा हलन्त हुन्छ भनेर निर्णय दियो । यसै मान्यतामा आधारित सिग्द्याल (१९७६) र नेकशुले (१९९१) मा पण्डित (१९६९) ले गरेका अव्यय शब्दको दीर्घ प्रयोगलाई ह्रस्वमा परिवर्तन गरेर एकरूपता ल्याउने कोसिस गरियो । नेकशुलेका मान्यताहरू पठन पाठन र प्रकाशनमा कडाइका साथ लागु गर्ने प्रयास गरिएको । यो कडाइ गर्ने प्रवृत्ति र नेपाली भाषाको आफ्नो मौलिकपनलाई लिएर नेकशुलेका मान्यताको विरोध हुन थाल्यो । संस्कृत भाषामा प्रयोग हुने सबै लिपि चिह्नहरू नेपाली भाषामा पनि प्रयोग गर्न थालियो । अर्कातिर नेपाली उच्चारण अनुसार ती सबै वर्ण नेपाली भाषामा प्रयोग नहुने धारणाहरू पनि अघि सार्न थालियो । यस्ता धारणा राख्नेहरू आधुनिक भाषा विज्ञान पढेका शिक्षित व्यक्तिहरू नै थिए । त्यसैले पनि तिनका तर्क र मान्यताहरूले नेपाली भाषाको वर्ण विन्यासलाई प्रभावित पार्नु स्वाभाविक थियो । परम्परित व्याकरण लेखनका अगाडि त्यस्तो कुनै बलियो तर्क थिएन । त्यसैले वर्ण विन्यासका परम्परित मान्यतामा सुधारको प्रस्ताव राख्ने व्यक्तिहरू आआफ्नै तरिकाले लेख्न र प्रयोग गर्न थाले । यस्तो लेखाइको मूल आधार भने नेपाली भाषाको स्वरूप र यसका विशेषतामा आधारित छ भनी सबैले पक्षपोषण गरेको पाइन्छ । यस्ता प्रस्तावहरूबाट नेपाली वर्ण विन्यासमा समस्या देखियो । त्यसैले प्रस्तुत लेखमा ‘बाजेवाद र बाजवाद नै नेपाली वर्ण विन्यासका मुख्य समस्या हुन्’ भन्ने कुरालाई प्रमुख प्राक्कल्पना बनाइएको छ । नेपाली वर्ण विन्यासका समस्यामध्ये व्यक्तिगत आग्रह र सबैभन्दा ठुलो समस्याका रूपमा देखिन्छ । यो समस्या व्यक्तिगत आग्रह हुनाको कारण हो; बाजे र बाजवाद । नेपाली भाषामा पढ्ने, पढाउने, लेख्ने, प्रकाशन गर्ने व्यक्तिहरू कसैले संस्कृत पढेका छन्, कसैले अङ्ग्रेजी आदि अरू भाषा पढेका छन् । यस्ता दुबै थरीले नेपाली भाषाको खास मर्म नबुझी आआफ्ना आग्रह र पूर्वाग्रह राखेर नेपाली भाषाको वर्ण विन्यासबारे चर्चा परिचर्चा गर्छन् । यसलाई नेपाली वर्ण विन्यासका सन्दर्भमा विभिन्न विद्वान्हरूले बाजे र बाजवाद भनेका छन् । यस लेखमा ‘यस्ता समस्याको मुख्य कारक बाजेवाद र बाजवाद हो जसबाट नेपाली वर्ण विन्यासको परिष्कार, परिमार्जन र मानकीकरण भई एकरूपता कायम हुन सकेको छैन’ भन्ने कुरालाई प्रमुख समस्याका रूपमा प्रस्तुत गरिएको छ ।
अध्ययन विधि
यो अध्ययन पुस्तकालयीय विधिमा आधारित छ । यो गुणात्मक ढाँचाको अध्ययन हो । यसमा पुस्तकबाट तथ्यहरू लिई तिनको विश्लेषण गरेर निष्कर्ष निकालिएको छ ।
सहभागी र नमुना छनोट
नेपाली वर्ण विन्याससँग सम्बन्धित विभिन्न पक्ष छन् । ती सबै पक्षलाई प्रस्तुत अध्ययनमा जनसङ्ख्याका रूपमा परिभाषित गरिएको छ । यसका लागि सम्भावना रहित नमुना छनोट पद्धति अन्तर्गतको उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा नेपाली वर्ण विन्यासमा एकरूपता हुन नसक्नुका विभिन्न समस्यामध्ये बाजेवाद र बाजवादलाई छनोट गरिएको छ । नेपाली वर्ण विन्यासलाई एकरूपता कायम गर्ने सन्दर्भमा देखिएका अनेक समस्यामध्ये ती सबैको आधारभूत समस्या बाजेवाद र बाजवाद रहेको पहिल्याई त्यसको अनुसन्धानात्मक व्याख्या र विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
नेपाली वर्ण विन्यासको इतिवृत्त
नेपाली वर्ण विन्यासमा कलम चलाउने पहिलो व्यक्ति वीरेन्द्र केसरी अज्र्याल हुन् । उनीभन्दा अघि विदेशी विद्वान्हरूले लेखेका नेपाली भाषाका व्याकरण र शब्दकोश सम्पादनका सन्दर्भमा वर्णको उल्लेख गरेका छन् । उनीहरूले देवनागरी लिपिको प्रयोग नगरी रोमन लिपिको प्रयोग गरेका थिए । नेपाली भाषाको लेखाइ उच्चारण अनुसार थियो । भानुभक्त र मोतीरामका कवितामा भएको प्रयोग यसका साक्षी छन् । वीरेन्द्र केसरी अज्र्यालले सुन्दरी (१९६३) मा प्रकाशित ‘वेसरी’ शीर्षकमा ‘ब–व’ को समाधान गरे ।
राममणि आदी (आचार्य दीक्षित) ले ‘माधवी’ (१९६५) पत्रिकामा ‘कविता रीति’ मार्फत हलन्त बहिष्कारवादी लेखन चलाए । यसले हलन्त र अजन्त सम्बन्धी विवादको समाधान खोज्यो । यो अभियान नेपाली भाषामा थिति बसाल्न, छापाखाना र मुद्रणमा देखिएका समस्याको समाधान गर्न सुरु गरिएको थियो । नेपाली भाषाका पुस्तकहरू छाप्दा साँचामा अक्षरसँगै काटेर आधा अक्षर राख्नु पर्ने अनि ती काटिएका अक्षरलाई राख्ने अक्षरका केसमा खाना थप्नु पर्ने समस्या देखियो । टाइप गर्दा पनि सबै काटिएका अक्षर नहुने हुँदा हलन्त अक्षर अधुरो छापिने समस्या देखियो (आदी २०१७, ९) । यसो हुनाको कारण नेपाली भाषामा हलन्तको प्रयोग हो । यो हलन्ते परिपाटी हिन्दीमा पनि छैन । पहिले थियो, पछि हट्यो (आदी, २०१७, १७) । यो हलन्तको बहिष्कार नभई भाषाको विकास र उन्नति हुँदैन भन्ने लाग्यो । ससाना बालकहरूलाई पनि साउँ अक्षर चिनाउँदा तिनलाई जोडेका अक्षरले धेरै बेर अलमलमा पार्ने हुनाले हलन्तको परिपाटी नै हटाए सबै बखेडा समाप्त हुने देखियो (आदी, २०२९, २२) । भाषामा हलन्तको प्रयोग हुँदा त्यसको कस्तो स्वरूप देखिन्छ भन्ने कुरालाई यसरी उल्लेख गरिएको छ–“सधैंभरी लाठीका भरमा धरमराउँदै हिडने रोग्यानी, कानी, मुर्कट्टा लुली, लंगडी र खोरंडी (हलन्ते प्रथाकी) भाषा लिएर नै संतुष्ट हुन चाहने हुनछन त मातृबोलीमा यसरी थुपारिन लागेका ई सब दुव्र्यसनहरूलाई हटाई एउटा रामरो निष्कलंकी सुधार ल्याउने पक्षमा छु” (आदी, २०१७, २) ।
राममणिको उद्देश्य हलन्त बहिष्कार गरेर भाषालाई सुबोध, विशुद्ध परिष्कृत र प्राञ्जल बनाउने थियो । यति गर्न सके नेपाली भाषा देश सुहाउँदो बन्ने, त्यसबाट हाम्रो पनि प्रतिष्ठा बढ्ने र भाषा सुधारिने उनको धारणा देखिन्छ (आदी, २०१७, ४) तर हलन्त बहिष्कारले नेपाली उच्चारण अनुरूप लेख्न अवरोध पु¥याएको देखिन्छ । नेपाली भाषामा उच्चार्य र लेख्य दुई भिन्न भिन्न भेदको निर्माण नेपाली भाषामा हलन्त बहिष्कारवादी लेखनबाटै सुरु भएको पाइन्छ ।
पण्डित (१९६९), सिग्द्याल (१९७६), नेकशुले (१९९१) र यस परम्पराका अरू व्याकरणकारहरूले पनि पण्डित (१९६९) ले भने जस्तै अकारान्त नाम, सर्वनाम र विशेषण शब्द अजन्त लेखिन्छन् धातु भने हलन्त लेखिन्छन् भनेका छन् । यिनीहरूले नेपाली भाषाका वर्णको निर्धारण नगरी संस्कृत वर्णमालालाई नै नेपाली वर्णमाला माने । अझ तद्भव शब्दको प्रयोगलाई अशुद्ध हो भनी तद्भवीकरणलाई निरुत्साहित पारे । संस्कृत लगायत अरू हिन्दी, नेवारी भाषाबाट रूप फेरिएर नेपालीमा आएका तद्भव तथा रूप नफेरिएर आएका शब्दलाई तत्सम शब्द माने । संस्कृत शब्दमा संस्कृत वर्ण विन्यास, संस्कृत बाहेक अरू भाषाबाट आएका शब्दमा सोही भाषा अनुरूपको वर्ण विन्यास गर्नु पर्ने बताए । अनुकरण शब्द र क्रियामा नेपाली नियम लाग्ने भनियो । यी प्रावधानहरू पण्डित (१९६९) ले उल्लेख गरेका छन् भने त्यस परम्पराका व्याकरणकारहरूले यिनको अनुसरण गरेका छन् । नेपाली भाषामा ‘ऋ, ऋृ, लृ, श, ष’ बाट बनेका शब्द छैनन् । ‘क्ष, त्र, ज्ञ’ संयुक्त व्यञ्जन हुन्, यीमध्ये क्ष र ज्ञ बाट बनेका शब्द छैनन् भनेका छन् तर वर्णमालामा तिनको पनि उल्लेख गरेका छन् । यसबाट परम्परागत वर्णमाला पनि नछोड्ने अनि ती वर्णको भाषामा प्रयोग हुँदैन पनि भन्ने प्रवृत्तिले यी व्याकरण नेपाली भाषाका विशेषतामा आधारित नभई संस्कृत र अङ्ग्रेजी परम्परा अनुकूलका छन् भन्ने आरोप लागेको पाइन्छ ।
पण्डित (१९६९) को व्याकरण हलन्त बहिष्कारको विपक्षमा आयो । यसले सबैमा हलन्तको बहिष्कार हुँदैन । यसले अकारान्त नाम, सर्वनाम र विशेषण शब्द अजन्त लेखिन्छन् धातु भने हलन्त लेखिन्छन् भनी मध्यमार्गी निर्णय दियो । सिग्द्याल (१९७६), नेकशुले (१९९१) र यस परम्पराका अरू व्याकरणकारहरूले पनि पण्डित (१९६९) पण्डितका धारणाको समर्थन गरे । यिनीहरूले नेपाली भाषाका वर्णको निर्धारण नगरी संस्कृत वर्णमालालाई नै नेपाली वर्णमाला माने । अझ तद्भव शब्दको प्रयोगलाई अशुद्ध हो भनी तद्भवीकरणलाई निरुत्साहित पारे । संस्कृत लगायत अरू हिन्दी, नेवारी भाषाबाट रूप फेरिएर नेपालीमा आएका तद्भव तथा रूप नफेरिएर आएका शब्दलाई तत्सम शब्द माने । संस्कृत शब्दमा संस्कृत वर्ण विन्यास, संस्कृत बाहेक अरू भाषाबाट आएका शब्दमा सोही भाषा अनुरूपको वर्ण विन्यास गर्नु पर्ने बताए । अनुकरण शब्द र क्रियामा नेपाली नियम लाग्ने भनियो । पण्डित (१९६९) ले प्रयोग गरेका वर्ण विन्यासका मान्यतालाई नेकशुले (१९९१) मा आएर केही परिमार्जन गरी कडाइका साथ लेखन, प्रकाशन, शिक्षण र सरकारी कार्यालयमा लागु गरी कार्यान्वयन गराउने प्रयास गरियो । यसका प्रावधानहरूलाई आधार बनाएर पाण्डे (२०००), शमशेर (२००१) र प्रधान (२००४) ले व्याकरण लेखे । नेबृश (२०४०) को प्रकाशन नहोउन्जेल नेपाली वर्ण विन्यासको मानक निर्धारण नेकशुलेले नै गरेको देखिन्छ ।
टर्नर (सन् १९३१) ले ‘अ कम्पेरेटिभ एन्ड इटिमोलजिकल डिक्सनरी अफ द नेपाली ल्याङ्ग्वेज’ शीर्षकमा नेपाली भाषाको शब्दकोश सम्पादन गरेका छन् । मूलतः यो शब्दकोश भए तापनि यसको परिचय खण्डमा नेपाली भाषाको शब्दस्रोत र वर्ण विन्यासबारे उल्लेख गरिएको छ । यसमा टर्नरले मुख्य रूपमा नेपाली भाषाका विशेषताहरू उल्लेख गरेका छन्, जस्तै : देवनागरी लिपिको विकास संस्कृतबाट भएको हो । संस्कृत व्यञ्जन वर्णका अन्त्यमा ‘अ’ स्वर ध्वनि आएको हुन्छ । यसलाई विराम भनिन्छ र नेपाली लेखनमा यसलाई विशेष ध्यान दिनु पर्छ, जस्तै : ‘क्+अऽक’ । नेपालीमा संयुक्त व्यञ्जन र स्वर नहुँदा उच्चारण अनुसार लेखिन्छ, जस्तै : ‘सर्दा, बोल्दा, भान्सा, छन्, हुन्’ । अकारान्त शब्दको उच्चारण र लेखनमा भिन्नता छ, जस्तैः लेख्दा–‘स्थान, हात’, उच्चारण गर्दा–‘स्थान्, हात्’ हुन्छ । यसमा ह्रस्व ‘इ, उ’ तथा दीर्घ ‘ई, ऊ का बिच त्यति भिन्नता छैन, जस्तै : ‘उनी, उनि, ऊनि, ऊनी’ का बिच उच्चारणका तहमा भिन्नता छैन । उच्चारण र लेखनमा भिन्नता नदेखिएको हुँदा उनले सबै ठाउँमा ह्रस्व रूपको प्रयोग गरेका छन् । संस्कृतबाट सापटी ल्याइएका शब्दहरूमा भने यो नियम अपवाद हुने उनको धारणा छ (शर्मा, २०६९, ६१–६२) । नेपाली वर्ण विन्यासमा तत्सम शब्दको व्यवस्थापनमा ठुलो समस्या रहेको टर्नरले औंल्याएका छन् । अकारान्त तत्सम शब्दको नेपालीमा हलन्त उच्चारण हुने, ‘व–ब, क्ष–छ, च्छ, ष–ख–क, ज्ञ–ग्याँ, ऋ–रि÷री’ उच्चारण हुने समस्या देखिएकाले यी वर्णको लेखन ‘बिद्या, संतोस, छेत्री, आग्या’ गरिएको छ । संस्कृतमा भने ‘विद्या, सन्तोष, क्षत्रिय, आज्ञा’ नै हुने उल्लेख छ (शर्मा, २०६९, ६३) ।
टर्नरले ‘अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ, अं, अः’ गरी १३ ओटा स्वर वर्ण तथा ‘क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, (तल थोप्ली ड, ढ समेत), त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, श, स, ह’ गरी ३३ ओटा व्यञ्जन वर्णको उल्लेख गरेका छन् तर शब्दकोशमा तल थोप्ली ‘ड’ र ‘ढ’ तथा ‘ण’ का शब्द छैनन् । तत्सम शब्दको वर्ण विन्यास यथावत् राखिएको छ भने तद्भव र आगन्तुक शब्दमा नेपाली नियमानुसार सबै ठाउँमा ह्रस्वको प्रयोग गरिएको छ (शर्मा, २०६९, ६६–६७) । टर्नरले नेपाली ह्रस्व प्रधान भाषा भएको र यसमा संस्कृतका वर्ण अनुसार विन्यास नभई नेपाली उच्चारण अनुसार हुनु पर्छ भन्ने कुरा स्वीकार गरेको देखिन्छ । यसबाट उनको अध्ययन भाषा वैज्ञानिक र नेपाली भाषाका विशेषतामा आधारित थियो भन्न सकिन्छ । नेपालीमा उच्चारण नहुने ‘ई, ऊ, ऋ, ऐ, औ, अं, अः, ञ्, श’ लाई भने टर्नरले पनि वर्ण मानेको देखिन्छ । आधुनिक नेपाली भाषाका अध्येताहरूबाट भने यिनलाई वर्णको सूचीबाट बिदा दिइएको छ । नेपाली भाषाको अध्ययन संस्कृत र अङ्ग्रेजी भाषाको परम्परा अनुसार नभई नेपाली भाषाका व्यवस्था अनुरूप हुनु पर्ने टर्नरको मान्यता अझसम्म प्रस्तावनाकै अवस्थामा देखिन्छ ।
पण्डित (१९६९) पछिका व्याकरणकार र नेकशुलेमा यसको वास्ता गरिएको देखिँदैन । यिनले नेपाली भाषाका विशेषता र यसका स्वरूपको वास्ता नगरी संस्कृत, हिन्दी आदि भाषाको लेखन, उच्चारण र व्याकरणका प्रभावमा परेर नेपाली व्याकरण लेखेका छन् । त्यसै कारण वर्ण, उच्चारण, शब्द चयन र लेखनमा पनि सोही अनुकूल संस्कृत, हिन्दी आदि भाषाको देखिन्छ । आधुनिक उच्चशिक्षा पाएका व्यक्तिहरूबाट वर्ण विन्यासको सुधारका विभिन्न प्रयास गरिएका छन् । यस्ता प्रयासहरू झर्रोवादी लेखन, जनजिब्रो लेखन, लिपि सुधार लेखन, उच्चारणानुसारी लेखन, भाषा वैज्ञानिक लेखन हुन् । यी नेपाली भाषाका वर्ण, उच्चारण, लिपि, मात्रा, शब्दस्रोत, शब्द छनोटसँग सम्बन्धित छन् । यी प्रस्तावहरू नेपाली भाषाको वर्णनात्मक अध्ययनमा आधारित भाषा वैज्ञानिक सिद्धान्त अनुरूपका छन् । नेपाली लेखनको सुधारका यस्ता प्रयासहरू व्यक्तिगत रूपमा गरिएका छन् । उनीहरूको लेखाइ पनि भिन्न भिन्न प्रकृतिको देखिन्छ । अर्कातिर नेकशुलेका नियम लेख्नेहरू पनि प्रशस्तै देखिन्छन् ।
नेपाली लेखाइमा देखिएको विविधतालाई एकरूपता दिन संस्थागत प्रयासको आवश्यकता देखियो । यस सन्दर्भमा साझा प्रकाशन (२०२९) र प्रज्ञा प्रतिष्ठान (२०३३) ले क्रमशः भाषिक गोष्ठीहरू सम्पन्न गरे । यसै गोष्ठीका निष्कर्षका आधारमा ‘वृहद् नेपाली व्याकरण’ (२०३३) प्रकाशित भयो । त्रिविवि, पाविकेद्वारा नेपाली विषय शिक्षकहरूको अधिवेशन (२०३४) गराइयो । यी संस्थाले नेपाली वर्ण विन्यास, लिपि, व्याकरण र शब्दकोशका विषयमा गोष्ठी र छलफलका आधारमा लेखाइमा एकरूपता ल्याई मानकीकरण गर्ने प्रयास गरे । फलस्वरूप अनेशिनि (२०३६) र नेबृश (२०४०) को प्रकाशन भयो । यिनले नेकशुले (१९९१) ले प्रयोगमा ल्याएका नेपाली लेखाइका नियमहरूको परिमार्जन गरी नेपाली वर्ण विन्यासको दोस्रो पटक मानक निर्धारण गर्ने काम गरे । अनेशिनि (२०३६) र नेबृश (२०४०) का अनुसार नेपाली भाषाको वर्णमालामा कथ्य स्वर ६, व्यञ्जन २९, लेख्य स्वर ११ वा १३, संयुक्त व्यञ्जन सहित ३६ छन् । नेपाली भाषामा मौलिक र आगन्तुक गरी शब्द दुई प्रकारका छन् । मौलिक अन्तर्गत संस्कृतबाट सोझै वा प्राकृत हुँदै अपभ्रंश भएर तद्भव र संस्कृतबाट सोझै वा हिन्दी हुँदै नेपालीमा जस्ताको तस्तै आएका तत्सम शब्द र संस्कृत बाहेक अरू भाषाबाट आएका शब्दलाई आगन्तुकमा राखिएको छ । तत्सम शब्दमा संस्कृत नियम अनुसार तथा तद्भव र आगन्तुक शब्दमा नेपाली उच्चारण अनुसार लेख्ने परम्परा बसालिएको छ भने नेपालीमा उच्चारण हुन नसक्ने स्वर व्यञ्जनहरू तद्भव र आगन्तुक शब्दमा प्रयोग नगर्ने भनिएको छ । यसै गरी दीर्घ (ई, ऊ) पदान्तमा र नाम, थरमा भने यथावत् प्रयोग गर्ने तथा ‘ठूलो, मीठो’ बाट बनेका तद्धित शब्द र सङ्ख्या शब्दको बिचमा ह्रस्व लेख्ने कुरा उल्लेख छ । यस्तै संस्कृत शब्दमा नेपाली प्रत्यय लागेमा नेपाली नियम अनुसार गर्ने र विशेषणयुक्त नामपद पद वियोग गरी लेख्ने भनिएको छ । यी बाहेकका ठाउँमा नेकशुले (१९९१) का नियम यथावत् प्रयोग गर्ने जस्ता प्रावधान नेबृश (२०४०) मा पनि उल्लेख गरिएका छन् । यसरी संस्थागत प्रयासबाट नेपाली वर्ण विन्यासका मानक लेख्य नियम निर्धारण भएका देखिन्छन् ।
नेबृश (२०४०) को प्रकाशनसँगै नेपाली वर्ण विन्यासका लेख्य नियमको मानक निर्धारण भयो । यी मानक नियमको प्रयोग गरी पाठ्य पुस्तक लेख्न थालियो । यसपछिका नेपाली भाषा र व्याकरणहरूमा नेपाली भाषाका निर्धारित कथ्य र लेख्य व्यञ्जनको सङ्ख्या, मौलिक (तद्भव र तत्सम) र आगन्तुक शब्द सम्बन्धी परिभाषामा स्पष्टता र एकरूपता, ह्रस्वदीर्घ, वर्ण प्रयोग आदि वर्ण विन्याससँग सम्बन्धित नियमको प्रस्तुतिमा पनि प्रायः एकरूपता देखिन्छ । अर्कातिर नेपाली वर्ण विन्यासमा सुधार र परिमार्जनको आवश्यकता देख्नेहरू पनि छन्, जसमा पद वियोगवादी लेखन र तत्सम शब्दको नेपाली नियम अनुसार लेखन जस्ता मुख्य दुई ओटा धार छन् । यी दुईमध्ये पद वियोगवादी लेखनको व्यावहारिक प्रयोग गरेर व्याकरण समेत लेखिएको छ तर तत्सम शब्दको नेपाली नियम अनुसार व्यावहारिक रूपमा प्रयोग आचार्य (२०३०) ले मात्रै गरेका छन् ।
इच्छार्थक क्रियाको बिचमा ह्रस्व लेख्ने, संयुक्त क्रिया छुट्याउने र ह्रस्व लेख्ने, व्यक्तिको आदि र मध्यनाम, दुई लिपिभन्दा लामा नामयोगी तथा समस्त शब्द छुट्याएर लेख्नु पर्छ भन्ने नियमहरू अनेशिनि (२०६६), ‘सबैको नेपाली’ (२०६७), ‘नेपाली भाषा सङ्गोष्ठी’ (२०६७) र ‘प्रयोगात्मक नेपाली व्याकरण’ (२०६८) ले प्रयोगमा ल्याएका छन् । नेपाल सरकार पाविके (२०६९) र ‘प्रज्ञा नेपाली सन्दर्भ व्याकरण’ (२०७१) मा इच्छार्थक र संयुक्त क्रिया दीर्घ र पदयोग गर्नु पर्छ भनिएको छ । यसरी नेपाली वर्ण विन्यासमा तत्सम शब्दको वर्ण विन्यास, नेपालीका सबै शब्दका आदि र मध्यमा ह्रस्व तथा पद वियोगवादी लेखनमा अभैm भिन्न भिन्न लेखाइ यथावत् देखिन्छ ।
बाजे र बाजवाद
राममणि आदीभन्दा अघि नेपाली भाषाको पद्यमा प्रयोग गर्ने आदिकवि भानुभक्त आचार्य र गद्यमा प्रयोग गर्ने युवाकवित मोतीराम भट्टले नेपाली भाषामा यस्तो समस्या देखेका थिएनन् । वास्तवमा उनीहरू बाजे र बाजवादबाट मुक्त थिए, विशुद्ध थिए । भानुभक्त र मोतीरामको समयमा नेपाली भाषा उच्चारण अनुसार लेखिन्थ्यो । यसरी लेख्दा अरु भाषामा कस्तो प्रयोग छ जानि रहनु पर्दैनथ्यो । जस्तो उच्चारण गरिन्छ त्यसै अनुसार लेखे पुग्थ्यो । यो परम्परा विच्छेद भएपछि नेपाली लेखनमा एकरूपता सम्बन्धी समस्याहरू देखिन थालेका हुन् । यिनै समस्याको निराकरणका लागि आएका धारणाहरू बाजेवाद र बाजवादबाट प्रभावित छन् । उच्चारण अनुसारको लेखन हुनु पर्ने कुरा नेपाली भाषामा झर्रोवादले फेरि उठान ग¥यो । पन्त (२०१६), सापकोटा (२०२०) र आचार्य (२०३० र २०३७) ले अघि बढाए भने नेपाली बृहत् शब्दकोश (२०४०) ले केही पक्षमात्रै अँगाल्ने काम ग¥यो । यसपछि पनि सुधारको आवश्यकता कायमै रहेको परिप्रेक्ष्यमा साठी र सत्तरीको दशकमा परिमार्जित अपनाउने र परम्परागत बाजेवाद र बाजवाद अपनाउनेहरूका बिचको किचलो कायमै रहेको देखिन्छ ।
नेपाली भाषाको लिपिमा उच्चारण अनुसार सुधार र परिमार्जन गर्न सकिन्छ । यस्तो परिमार्जन संस्कृतबाट विकासित प्राकृत र नागरी लिपिमा पनि भएको पाइन्छ । “बाजे र बाजहरूले अनौठो मान्ने केही विशेष कुरा छैन” (पन्त, २०१६, ३१) भने पनि तिनै बाजे र बाजहरूका कारण पन्त (२०१६) ले प्रस्ताव गरेको उच्चारण अनुसारको लिपि सुधार नेपाली भाषामा लागु हुन सकेन । पन्त (२०१६) को उक्त प्रस्ताव लागु भएको भए नेपाली भाषाको लेखनमा धेरै सुधार हुने थियो । त्यो प्रस्तावनाकै रूपमा रह्यो । नेपाली भाषाको लेखनमा एकरूपता र सरलता हुन नदिने बाजे र बाजवाद के हो ? यस विषयमा स्पष्ट ढङ्गले परिभाषित गर्ने काम पोखरेल (२०२१)ले गरेका छन् :
बाजे (संस्कृतको भरमार प्रयोग गर्ने र त्यसको पक्ष लिनेहरू) र बाज (अङ्ग्रेजी आदि नेपाली बाहेकका भाषाका पक्षपाती) हरू प्रतिवादी हुन् भने झर्रोवाद वादी हो, बाजे र बाजहरू आक्रमक तत्त्व हुन् भने झर्रोवाद प्रतिरक्षात्मक तत्त्व हो । झर्रोवाद र बाजे तथा बाजवादमा यही अन्तर छ । ...अब हामीलाई बराल्न बाजे र बाजहरूको संयुक्त हमलाले पनि सक्ने छैन । ...नभन्दै हाम्रा दुस्मन बाज र बाजेहरूको अस्तित्व अर्थहीन भैसकेकाले अब हामीलाई कुनै पनि उग्र नीति चासो पर्दो छैन । ...सात वर्षसम्म लगातार बाज र बाजेहरूसँग लाप्पा खेलेर झर्रोवादले आफ्नो लक्ष्य पुरा गरी सकेको छ (पोखरेल, २०२१, ४७) ।
झर्रोवाद केही उग्र थियो । त्यस कारण पनि बाज र बाजेहरूले त्यसलाई आक्रमण गरे । झर्रोवादले आफ्नो लक्ष्य पुरा ग¥यो भने पनि नेपाली वर्ण विन्यासमा अझै एकरूपता काम भएको देखिँदैन । नेपाली वर्ण विन्यासमा एकरूपता कायम गर्न बाजे र बाजहरूले नेपाली भाषाको कस्तो नियति बनाएका छन् भन्ने कुरा सापकोटा (२०२१) को भनाइबाट स्पष्ट हुन्छ । उनी लेख्छन्– “नेपालीका शब्दलाई संस्कृतका नियमले पाता कसेर, हिन्दीका साँचामा हालेर अङ्रेजी पाइन चढाउँदा कचिङल नउठोस् किन ? अनि तेइ अनियमलाई नियम भनेर ठान्ने बानी बसेका हामी नियम नाघियो भनेर कराउँछौँ” (सापकोटा, २०२१, ३) । यसबाट नेपाली भाषाका शब्दमा संस्कृत, हिन्दी, अङ्ग्रेजी अथवा अरू कुनै पनि भाषाका नियम लाद्नु हुँदैन तर नेपाली भाषामा अरू भाषाका नियम लाद्ने प्रवृत्ति देखिएको छ । यस्तो नियम लाद्ने प्रवृत्ति बाजे र बाजवादबाट भएको छ । यिनबाट नेपाली वर्ण विन्यासलाई मुक्त गराउने दायित्वका सन्दर्भमा रिसाल (२०३५) ले निम्न लिखित विचार व्यक्त गरेका छन् ः
संस्कृत भनेपछि हुरुक्क हुने बाजेहरू, अङ्ग्रेजी आदिका सबै थोक वैज्ञानिक र राम्रा हुन्छन् भन्ने अङ्ग्रेजीका समर्थक बाजहरू र नेपालीका कट्टर समर्थक झर्रावादीहरूले नयाँ नयाँ समस्याहरू जन्माएका पनि छन् । संस्कृतको थिचाइ, अङ्ग्रेजी आदि अनेपाली भाषाहरूको मार र क्षेत्रीय भाषिकाहरूको अनावश्यक मारबाट मुक्त विशुद्ध एवम् स्तरीय कथ्य र लेख्य नेपालीको ज्ञान गराउनु हामी शिक्षकको काम हो (रिसाल, २०३५, १०३) ।
यसरी नेपाली वर्ण विन्यासको एकरूपता, स्तरीयता र मानकीकरण हुन नसक्नुमा बाजे र बाजवाद पनि एउटा प्रमुख समस्याका रूपमा देखिन्छ । यो समस्या हलन्त बहिष्कारवादी ( १९६५) लेखनबाट आरम्भ भएको थियो । हिन्दी भाषामा पहिले पहिले खुट्टा काटिन्थ्यो पछि त्यसो गर्न छोडियो । नेपाली भाषामा पनि त्यसै गर्नु पर्छ (आदी, २०३९, १०–११) भन्ने धारणा बाजवादकै परिपाटीको देखिन्छ । नेपाली भाषामा पद वियोग सम्बन्धी पछिल्ला धारणाहरूबारे पनि टिप्पणी गर्दा यो हिन्दीकरणको आरोप लगाइएको पाइन्छ (न्यौपाने, २०६८, ५०) । बाज र बाजेवादको अवशेष आज पनि हामी माझ विद्यमान छ, जस कारण नेपाली भाषामा एकरूपताको कसैले कुरा ग¥यो कि त्यसको प्रतिवाद तत्कालै हुने गरेको पाइन्छ । त्यसैले भाषामा एकरूपता र स्तरीयता कायम गर्न बाजे र बाजवादबाट नेपाली भाषालाई मुक्त राख्नु पर्ने देखिन्छ ।
निष्कर्ष
नेपाली भाषाको वर्ण विन्यास कस्तो हुन्छ भनिदिने कुनै आधिकारिक निकाय छैन । आधिकारिक निकायमा प्रतिनिधित्व गर्ने व्यक्ति पनि कुनै न कुनै वादमा अल्भिएकै हुन्छ । कम्तिमा नेपाली भाषाको वर्णनात्मक अध्ययन गरेका व्यक्तिलाई आधिकारिकताको मान्यता दिए पनि एकरूपता कायम हुन मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ तर संस्कृत वा अन्य कुनै भाषा वा विषयको अध्येताले नेपाली भाषामा अमुक प्रकृतिको वर्ण विन्यास हुन्छ भन्ने प्रवृत्तिका कारण बाजेवाद र बाजवादकै हालीमुहाली देखिन्छ । बाजेवाद र बाजवाद वास्तवमा अतिवादका नमुना हुन् । यी दुबैको मिलन विन्दु कतै फेला पर्दैन त्यसैले पनि नेपाली वर्ण विन्यासको समस्या निराकरण हुन नसकेको देखिन्छ । त्यसैले नेपाली वर्ण विन्यासलाई बाजेवाद र बाजवादबाट मुक्त राख्नसके यसमा एकरूपताको अपेक्षा गर्न सकिन्छ ।
सन्दर्भ सूची
अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६). ललितपुर : साझा प्रकाशन ।
अवस्थी, महादेव सम्पा., (२०६८). नेपाली भाषा सङ्गोष्ठी–२०६७, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।
आदी, राममणि (२०१७). मातृबोलीको स्वाङ, काठमाडौं : शान्ति निकेतन पुस्तकालय ।
आदी, राममणि (२०२९). पुराना सम्झना, काठमाडौं : शान्ति निकेतन पुस्तकालय ।
आचार्य, शिवराज (२०३०). जिम्दो नेपालि भासा, (पैलो खण्ड) काठमाडौँ : लेखक स्वयम् ।
घोडासैनी, खगेन्द्र (२०७३). नेपाली वर्ण विन्यासका प्रस्तावहरू : नेकशुलेदेखि नेबृशसम्म, अछाम वाणी, वर्ष–५, अङ्क–२, ४७–५९ ।
टर्नर, राल्फ लिले (सन् १९३१). नेपाली भाषाको तुलनात्मक र व्युत्पत्तिमूलक शब्दकोश, लन्दन : डेगन पाउल ट्रेन्च ट्रब्नरक एन्ड को ।
नेपाल सरकार, पाविके (२०६९). वर्ण विन्यास प्रयोग सम्बन्धी जानकारी, काठमाडौं : पाठ्यक्रम विकास केन्द्र ।
पन्त, रामराज (२०१६). नेपाली लिपि विज्ञान, प्रयाग : सरोज प्रकाशन ।
पोखरेल, बालकृष्ण (२०२१). नेपाली भाषा र साहित्य, काठमाडौं : रत्न पुस्तक भण्डार ।
रिसाल, शिव गोपाल (२०३५). ‘वर्ण विन्यास शिक्षण’ सम्पा., मोहन राज शर्मा र हेमाङ्ग राज अधिकारी, त्रिभुवन विश्व विद्यालयका नेपाली विषय शिक्षकहरूको प्रथम राष्ट्रिय अधिवेशन, २०३४, (कार्य विवरण), काठमाडौं : त्रिविवि, पाठ्यक्रम विकास केन्द्र ।
शर्मा, सुकुम (२०६९). नेपाली भाषामा टर्नरको योगदान, काठमाडौं : ओरियन्टल प्रकाशन ।
शर्मा, सुकुम (२०७०). नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण, कीर्तिपुर, काठमाडौं : सनलाइट पब्लिकेसन ।
सापकोटा, महानन्द (२०२०). ध्वनिको धन्दा, ललितपुर : जगदम्बा प्रकाशन ।
(जनता विद्यापीठबाट प्रकाशित हैमाप्रभा– १७ औँ अङ्क, पृ ६–१३, २०७५ बाट साभारगरिएको हो । –लेखक)

कृपया लेख पढेर प्रतिक्रिया लाइक र सेयर गरिदिनुहुन सबैमा अनुराेध गर्दछु ।
ReplyDeleteतथ्यसहितकाे लेख सान्दर्भिक छ ।यश लेखकाे मर्म बुझ्नु पर्नेले बुझ्दैनन् के गर्नु नेपाली वर्ण विन्यासकाे अन्याैल झन झन गार्हो हुँदै छ ।
ReplyDeleteधन्यवाद
Deleteधेरै राम्रो छ म त जयमनि गोत्र परेछु हजुर यस्तै यस्तै अरु पनि पढन पाउ
ReplyDeleteमेरो घर कैलाली लम्की पढेर धेरै खुसि भये हजुर।
हाल म U.A.E
धन्यवाद सुझावका लागि
Deleteउत्तम
ReplyDeleteजानकारी मुलक
ReplyDeleteधन्यवाद
Deletegood
ReplyDelete