Meaning of Dasain (दसैँको तात्पर्य)

Dr.Khagendra Ghodasaini
0

दसैँको तात्पर्य
डा. खेगेन्द्र घोडासैनी
दसैँ नेपालीहरुको महान चाड पर्व हो । यसका आध्यात्मिक, धार्मिक, ऐतिहासिक वा पौराणिक र नेपाली समाज सापेक्ष्यजस्ता विभिन्न अर्थहरू छन् । तिनलाई निम्नलिखित रूपमा प्रस्तुत गरिएको छ –
आध्यात्मिक अर्थमा दसैँ – मानिसले नौ ओटा इन्द्रियहरू (मुख, दुई नाक, दुई कान, दुई आँखा तथा प्रजनन र गुदा) का अधिनमा रहेर विभिन्न नराम्रा काम गरिरहेको हुन्छ । यिनै नौ ओटा इन्द्रियहरूलाई वशमा राखी काम, क्रोध, लोभ, मोह र अहङ्कारजस्ता गुणहरू त्यागेर इच्छा वा तृष्णारहित भई दसौँ इन्द्रियरूपी ज्ञानलाई प्राप्त गरेर दशमीका दिन मनाउने पर्व नै आध्यात्मिक रूपमा दसैँ भनेर चिनिन्छ ।
धार्मिर अर्थमा दसैँ – शक्तिको प्रतीक मानिएकी महाकाली, महालक्ष्मी र महासरस्वती देवीको नाै दिनसम्म नित्य पूजा र आराधना गरी उनीहरूलाई प्रसन्न गराएर आफ्ना सांसारिक इच्छा र मनोकामनाहरू पूरा भएको दसाैँ दिनको उत्सवको रूपमा दसैँ मानिन्छ ।
ऐतिहासिक वा पौराणिक रूपमा दसैँ – भगवान् रामले रावणको वध गर्न शक्तिस्वरूपा देवीको आराधना गरेर दशमीका दिन विजय प्राप्त गरेको प्रशङ्गका कारण दसैँको ऐतिहासिक वा पौराणिक अर्थमा विजयको अर्थ लाग्छ ।
नेपाली समाज सापेक्ष्य अर्थमा दसैँ – नेपाली समाजमा दसैँ भनेको आध्यात्मिक, धार्मिक, ऐतिहासिक वा पौराणिक केही पनि देखिँदैन । नेपाली समाजमा दसैँको अर्थ राम्रो लगाउने, मिठो खाने, घुम्ने, पूर्ण भौतिकवादी र भोगवादी चिन्तन हावी भएको देखिन्छ । अघि पछि बाघ, गैँडा, हात्तीको संंरक्षणको नारा दिने नेपालीहरू 
दसैँमा असङ्ख्य जीवहरूको हत्या गरेर आफूहरूले धर्म गरेको भगवती खुसी भएको स्वाङ पारेर पाखण्डी धर्म गरिरहेका देखिन्छन् । नेपाल सरकारले पनि यसमा लाल मोहर लगाएर काठमाडौँको बसन्तपुरमा दसैँघर बनाई सरकारी रकमबाट बली दिने गरेको छ । जबकि यो धार्मिक रूपमा, आध्यात्मिक रूपमा दसैँ मनाउने नागरिकहरूका विरुद्ध छ । त्यसैले नेपाली समाज सपेक्ष्य दसैँ आपसी भेटघाट र जीवहत्या गरी मोज मज गर्ने पर्वका रूपमा देखिन्छ ।
त्यसैले दसैँ जीव हत्या गरेर होइन जीव कल्याण र आत्मकल्याणका लागि मनाइनु पर्दछ र सरकारले पनि जीव हत्या गर्ने कार्य बन्द गर्नु पर्दछ । यसो गरेर मात्रै हामी वास्तविक रूपमा दसैँ मनाउन सक्छाैँ । वास्तवमा दसैँलाई उपर्युक्त विभिन्न तात्पर्यका रूपमा बुझ्दा यसले सामाजिक भाइचारा र आपसी सुमधुर सम्बन्ध कायम गर्नमा पनि मद्दत गर्दछ । बुद्धको देशमा देवीका नाममा हि‌ंसा सान्दर्भिक कुरा होइन ।

सबैलाई अहिंसात्मक रूपमा दसैँ मनाउन बडा दसैँ २०७७ सालको हार्दिक शुभकामना ।

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top