Some Aspects of Teaching Language Skills (भाषिक सिप शिक्षणका केही पक्षहरू)

Dr.Khagendra Ghodasaini
0
भाषिक सिप शिक्षणका केही पक्षहरू

डा. खगेन्द्र घोडासैनी
१. सुनाइ शिक्षणका कार्यकलापहरू
मौखिक भाषिक सिप
सुनाइ र बोलाइ
सिकारुलाई भाषाका चारओटा सिप सिकाउनु
सुनाइ
बोलाइ
पढाइ
लेखाइ
भाषा शिक्षण
– भाषिक सिपको शिक्षण नै भाषा शिक्षण,
– सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी भाषाका चारओटा सिप हुनु,
– सिपको शिक्षण नै भाषा शिक्षण हुनु,
– कान सुन्न सक्ने हरेक मानिसले मातृभाषा सुन्न र बोल्न सक्नु,
– सुनाइ र बोलाइ कथ्यभाषासँग सम्बन्धित सिप हुनु,
– पढ्न र लेख्न अभ्यास गरेर लेख्य भाषा पनि सिकिने हुँदा पढाइ र लेखाइ लेख्यभाषासँग सम्बन्धित सिप हुनु,
– सिकारुहरूले घरमा सिकेको भाषा कथ्यभाषा वा भाषिकास्तरको हुन जानु,
– उनीहरूको सुनाइ जस्तो भयो बोलाइ पनि त्यस्तै हुनु,
– सुनाइ नै ठिक भएन भने त्यो बोलाइमा पनि कमी देखिनु,
– सिकारुले जस्तो भाषा बोल्छ त्यसको प्रभाव पढाइ र लेखाइमा पनि पर्नसक्ने हुँदा सुनाइ र बोलाइमा पनि शुद्धता ल्याउन र शुद्ध पढ्न र शुद्ध वा मानक भाषा सिक्न उसलाई भाषा शिक्षण गर्नुपर्ने हुनु,
– त्यसैले सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपको शिक्षण नै भाषा शिक्षण हुनु ।
भाषिक सिप
– कथ्य सिप : सुनाइ र बोलाइ मौखिक अभिव्यक्ति
– लेख्य सिप : पढाइ र लेखाइ लिखित अभिव्यक्ति
– प्रदानात्मक भाषिक सिप : बोलाइ र लेखाइ
– आदानात्मक भाषिक सिप : सुनाइ र पढाइ
भाषिक सिपको आपसी सम्बन्ध


सुनाइका प्रकार
(क) सामान्य सुनाइ
(ख) एकाग्र सुनाइ
(ग) मनोरञ्जनात्मक सुनाइ
(घ) आंशिक सुनाइ
(ङ) विश्लेषणात्मक सुनाइ
सुनाइ सिप
– कथ्य सिप
– आदानात्मक सिप
– प्रारम्भिक सिप
– मौखिक सिप

सुनाइ शिक्षणका कार्यकलापहरू
– ध्वनि पहिचान : मानवीय र मानवेतर तथा वस्तुबाट उत्पन्न ध्वनिको पहिचान
– वर्ण विभेदीकरण : शिरविन्दु, चन्द्रविन्दु, अल्पप्राण महाप्राण वर्ण
– सुन र गर : लयवाचन, श्रुतिरचना, श्रुतिलेखन, प्रश्नोत्तर, दैनिक क्रिया
– वाक्य विभेदीकरण : सामान्यार्थक र प्रश्नवाचक : भाइ गयो । भाइ गयो ?
अकरण र आदर : बहिनी घर गइन । बहिनी घर गइन् ।
– हलन्त र अजन्त : म घर गएँ । मेरो घर तुलसीपुर हो ।
– अनुप्रास मिलाउने : बटुली–पुतली, अटेरी–भँगेरी, अटेरी–नहेरी, आई–लाई, मेरो –तेरो
– श्रुतिबोध : सार व्यक्त गर्ने, आशय बताउने, छलफल गर्ने, सुनेका साहित्यिक विधाहरूमा टिप्पणी गर्ने, सुनेर प्रतिक्रिया व्यक्त गर्ने ।
– श्रुति रचना : सुनेका कथा, घटनालाई पात्र र विवरण फरक दिएर नयाँ कथा र घटना बनाउन अभ्यास गराउने ।
– मौखिक प्रश्नोत्तर : मौखिक रूपमा प्रश्न र उत्तर दिने प्रकृतिका अभ्यास गराउने ।
बोलाइ सिप
– बोलाइ क्षमताको विकासका लागि आवश्यक पर्ने भाषिक क्षमता,
– कथ्य सिप
– प्रदानात्मक सिप
– प्रारम्भिक सिप
– मौखिक सिप
२.बोलाइ शिक्षणका कार्यकलापहरू
– ध्वनि, वर्ण, अक्षर र शब्द उच्चारण :
– ङ–अङ, (ङिच्च), ञ–ञाँ, ण–अडँ, य–ए, ख–ष, क्ष–छ्य, ज्ञ–ज्ञा-ग्याँ
– कुराकानी/संवाद : विभिन्न भूमिका र विषय दिई कुराकानी र संवाद
– प्रश्नोत्तर : पाठमा आधारित विभिन्न प्रश्न र उत्तरको अभ्यास, प्रश्नोत्तर कार्यकलापको ढाँचाअनुरूप गराउने
– कथाकथन : सिकारुले पहिले सुनेको वा तत्काल सुनेको कथाका पात्र, स्थान, घटना परिवर्तन गरी सुनाउन लगाउने ।
– चित्र वा वस्तु वर्णन : कक्षाकोठा, घर, वातावरण आदिमा पाइने चित्र र वस्तुको वर्णन गर्न लगाउने ।
– नाटकीकरण/अभिनय : विभिन्न पेसा, समस्या, अनुमति, आज्ञा, निर्देशन, आदिको अभिनय गर्न लगाउने ।
– घटना वर्णन : जीवनका अनुभव, अनुभूति तथा आफूले देखेसुनेका घटनको वर्णन
– मौखिक प्रतिवेदन : यात्रा, कार्यक्रम, व्यतिगत चरित्र, सामाजिक घटना
– चिट्ठा खेल : चिठ्ठामा दिइएको भूमिका निर्वाह (गाउने, कथा भन्ने, आवाज निकाल्ने, भूमिका निर्वाह गर्ने आदि)
– छलफल वा वादविवाद : विवादित विषय दिने,
– वक्तृता/भाषण : भाषण गर्न प्रेरित गर्ने, व्यक्तिगत छनोटलाई प्राथमिकता दिने ।
– प्रयोगात्मक अभ्यास
सङ्ख्या शब्दको प्रयोगात्मक अभ्यास
– १ एक २ दुई ३ तीन
– यसैगरी ६, १२, १४, १५, १६, १९, २३, ३५, ३६, ३७, ४६, ४७, ४९, ५३, ५९, ६६, ६७, ६८, ६९, ७०, ७१, ७२, ८५, ९०, ९९, १०० ।
– ६ छ, १२ बार (ह्र) १४ चौध १५ पन्ध्र १६ सोर (बाह्र) १९ उन्नाइस २३ त्याइस ३५ पैँतिस ३६ छत्तिस ३७ सैँतिस ४६ छयालिस ४७ सत्चालिस ४९ उनन्चास ५३ त्रिपन्न ५९ उनन्साठी ६२ बैसट्ठी ६६ छैसट्ठी ६७ सत्सट्ठी ६८ अठसट्ठी ६९ उनान्सत्तरी ७० सत्तरी ७१ एकहत्तर ७२ बहत्तर ८५ पचासी
९० नब्बे ९९ उनान्सय, १०० सय ।
। इति ।
३.जीवनी शिक्षणको प्रयोजन र यसका कार्यकलापहरू
- जीवनी
- जीवनी शिक्षणको प्रयोजन
- जीवनी शिक्षणका कार्यकलापहरू
जीवनी
- जीवनगाथामा आधारित गद्य रचना नै जीवनी ।
- व्यक्तिका जीवनको इतिहास तथा उसका जीवनका घटेका घटनाहरूको इतिहास एवं मत, विचार र समयको व्याख्या नै जीवनी हो ।
– इन्साइक्लो पिडिया
- कसैको जन्मदेखि अन्तिम समयसम्मको व्यक्तिवृत्तलाई विषय बनाएर लेखिएको निबन्धलाई जीवनी भनिन्छ । यो विवरणात्मक र सूचनात्मक हुन्छ । – मोहनराज शर्मा
- व्यक्ति विशेषको जीवन वृत्तान्तलाई जीवनी भनिन्छ । – हिन्दी साहित्य कोश
- जीवनी साहित्य भन्नाले वण्र्य चरित्रनायक वा नायिकाको जन्ममृत्युको मूल सीमावधिमा केन्द्रित तृतीय पुरुषमय नायकीय चरित्रप्रधान तथ्यात्मक वस्तुगत आख्यानमय गद्यरचना भन्ने बुझिन्छ ।
– नेपाली साहित्यकार कोश
जीवनीका तत्त्वहरू
(क) विषयवस्तु
- वास्तविकता, रोचकता, ऐतिहासिकता, सत्यता, सम्बद्धता, लेखकीय तटस्थता, सङ्क्षिप्तता, वैज्ञानिकता आदि ।
(ख) चरित्रचित्रण
- नायक वा नायिकको चरित्रचित्रण
(ग) वातावरण
- चरित्रचित्रण अनुकूलको वातावरण निर्माण
(घ) उद्देश्य
- जीवनी नायकलाई अमरत्त्व प्रदान गरेर आफ्ना पाठकहरूलाई जीवनी नायकको जीवन चित्रणबाट प्रेरणा प्रदान गर्नु प्रमुख उद्देश्य ।
(ङ) भाषाशैली
- जीवनीको भाषामा सुबोधता, सजीवता, रोचकता आवश्यक ।
- शैलीमा सुसङ्गठित र एकान्विति हुनु अनिवार्य ।
जीवनी शिक्षणको प्रयोजन
- बालबालिकाहरूमा नैतिक, चारित्रिक तथा आदर्श मूल्यको विकास गर्न,
- सिकारुको अन्तर्निहित सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउन,
- शब्दभण्डार क्षमताको विकास गर्न,
- प्रख्यात व्यक्तिका बारेमा बुझेर पढ्ने बानीको विकास गर्न,
- आफूले देखेका र भोगेका व्यक्तिको जीवनीका घटनालाई तथ्यपरक ढङ्गले विश्लेषण गर्नसक्ने क्षमताको विकास गर्न,
- जीवनीका मुख्य घटना टिपोट गरी व्याख्या र विश्लेषण गर्न,
- आफ्नो विचारलाई सुसङ्गठित रूपमा प्रस्तुत गर्न ।
सिकाइ सहजीकरण प्रक्रिया
१. क्रियाकलाप
- प्रस्तुतीकरण (भाषिक सिपमा आधारित भई सिकारुको अनुभव, परिवेश, पाठ्यपुस्तकको उपयोग गर्ने)
- अभ्यास (नियन्त्रित र निश्चित सन्दर्भमा आधारित भएर अभ्यास गराई पठनबोधको अभ्यास गराउने)
- उत्पादन (पठन बोध, प्रश्नोत्तर र स्वतन्त्र लेखन)
- पठनबोध (सामान्य बोध, समीक्षण)
- प्रयोगात्मक कार्य (जीवनी लेखन)
- पृष्ठपोषण (जोडा वा समूह कार्य गर्न लगाउने, प्रश्न निर्माण, शब्द खोज्दे प्रकृतिका अभ्यास गराउने)
२. बहु बौद्धिकता
- सिकारुको रुचिमा आधारित भई भाषिक, तार्किक/गणितीय, दृश्यात्मक, शारीरिक, गतिबोधक, साङ्गीतिक, अन्तर्वैयक्तिक, प्राकृतिक आदि विषयवस्तु समेटिएका योजना निर्माण गरेर शिक्षण ।
३. अलोचनात्मक कार्य
- प्रतिक्रिया तथा दृष्टिकोणलाई मौखिक र लिखित रूपमा व्यक्त गर्नु, उद्देश्य निर्माण, सूचना सङ्कलन, सफलताका तत्त्वको मूल्याङ्कन गर्न सक्नु, सिर्जना, सम्पादन गरी विश्लेषण गर्नु ।
४. सहकार्यात्मक (व्यक्ति र समूह कार्य)
पोख्त सिकाइ, सिकाइ उपलब्धिमा आधारित सिकाइ तथा समस्यामा आधारित सिकाइका माध्यमबाट विद्यार्थी केन्द्रित सिकाइ प्रक्रियाको उपयोग, टिपोट, लेखन र सम्पादन ।
५. विधाका माध्यमबाट सिपहरूको शिक्षण
- जीवनी विधाका माध्यमबाट शिक्षण
६. सिपहरूमा आधारित क्रियाकलाप
- भाषाका मौखिक र लिखित चारओटै सिपको एकीकृत प्रयोगमा जोड ।
जीवनी शिक्षणका कार्यकलापहरू
- सस्वर वाचन
- उच्चारण शिक्षण
- शब्दार्थ शिक्षण
- घटना, अनुभव र अनुभूतिको मौखिक वा लिखित वर्णन
- बोध प्रश्नोत्तर
- छलफल
- बुँदा निर्माण (पाठ्य जीवनीबाट बुँदा निर्माण गरी छोटो जीवनी लेख्ने अभ्यास)
१ सन्दुक रुइतको जीवनी पाठ पढी तल दिइएका शीर्षकमा बुँदा तयार पार्नुहोस् ।
- नाम :
- आमा/बुबा :
- जन्मस्थान :
- पारिवारिक परिचय :
- पुख्यौली थलो :
- जन्ममिति :
- शिक्षा :
- माध्यमिक :
- उच्चशिक्षा :
- संलग्नता :
- काम गरेका अस्पताल :
- अनुभव :
- सहयोग :
- खोज वा आविष्कार :
- समाज सेवा :
- पुरस्कार :
- चर्चित हुनाको कारण :
- जीवनीबाट हामीले पाइने शिक्षा (पाँच वाक्यमा) :
- थप वा आफूलाई लागेको भए :
- सन्दुक रुइतको जीवनीबाट तयार गरिएका माथिका बुँदाका आधारमा तीन अनुच्छेदमा सन्दुक रुइतको जीवनी तयार पार्नुहोस् ।
- व्याख्या
- बुँदा टिपोट
- सङ्क्षेपीकरण
- स्वतन्त्र वा निर्देशित लेखन (स्वतन्त्र रूपमा कुनै व्यक्तिका जीवनीका घटनाको टिपोट गरी आफै जीवनी लेख्ने अभ्यास)
- श्रुति लेखन
- अनुलेखन
- वाक्य रचना
- अनुच्छेद लेखन
- सारांश कथन/लेखन
- जीवनी लेखन
। इति ।
४.निबन्ध शिक्षणको प्रयोजन र यसका कार्यकलापहरू
- निबन्ध
- निबन्ध शिक्षणको प्रयोजन
- निबन्ध शिक्षणका कार्यकलापहरू
- बालबालिकाहरूलाई उनीहरूले देखेका, पढेका र अनुभव गरेका कुराहरूलाई सिलसिला मिलाई लिखित रूपमा प्रस्तुत गर्न,
- विचारको सङ्गठित रूपमा प्रस्तुति गर्न,
- विषयगत विविधता, शब्दभण्डारको अभिवृद्धि गर्न मद्दत पुर्‍याउन,
- भाषिक प्रौढताका दृष्टिले यो विधा सबैभन्दा प्रौढ गद्यात्मक अभिव्यक्ति,
- यसमा विषयवस्तुको व्यापकता, वैयक्तिकता, भाषिक तथा प्रस्तुतिगत गहनता जस्ता विशेषता हुनु,
- विभिन्न विषय क्षेत्रका शब्दभण्डारको विकास गर्न,
- पठनबोधको अभ्यासका लागि साहित्यिक र साहित्येतर सन्दर्भ प्रयोग गर्न,
- मौलिक वा सिर्जनात्मक, बोध र लेखन अभिव्यक्तिको विकास गर्न,
- शैलीगत विविधता,
- वर्णनात्मक, वैचारिक, वाक्यगठन, शब्द प्रयोगगत वैशिष्ट्य निबन्ध लेखनगत विशेषता ।
सिकाइ सहजीकरण प्रक्रिया
१. क्रियाकलाप
- प्रस्तुतीकरण (भाषिक सिपमा आधारित भई सिकारुको अनुभव, परिवेश, पाठ्यपुस्तकको उपयोग गर्ने)
- अभ्यास (नियन्त्रित र निश्चित सन्दर्भमा आधारित भएर अभ्यास गराई पठनबोधको अभ्यास गराउने)
- उत्पादन (पठन बोध, प्रश्नोत्तर र स्वतन्त्र लेखन)
- पठनबोध (सामान्य बोध, समीक्षण)
- प्रयोगात्मक कार्य (निबन्ध रचना)
- पृष्ठपोषण (जोडा वा समूह कार्य गर्न लगाउने, प्रश्न निर्माण, शब्द खोज्दे प्रकृतिका अभ्यास गराउने)
२. बहु बौद्धिकता
- सिकारुको रुचिमा आधारित भई भाषिक, तार्किक/गणितीय, दृश्यात्मक, शारीरिक, गतिबोधक, साङ्गीतिक, अन्तर्वैयक्तिक, प्राकृतिक आदि विषयवस्तु समेटिएका योजना निर्माण गरेर शिक्षण ।
३. अलोचनात्मक कार्य
- प्रतिक्रिया तथा दृष्टिकोणलाई मौखिक र लिखित रूपमा व्यक्त गर्नु, उद्देश्य निर्माण, सूचना सङ्कलन, सफलताका तत्त्वको मूल्याङ्कन गर्न सक्नु, सिर्जना, सम्पादन गरी विश्लेषण गर्नु ।
४. सहकार्यात्मक (व्यक्ति र समूह कार्य)
पोख्त सिकाइ, सिकाइ उपलब्धिमा आधारित सिकाइ तथा समस्यामा आधारित सिकाइका माध्यमबाट विद्यार्थी केन्द्रित सिकाइ प्रक्रियाको उपयोग, टिपोट, लेखन र सम्पादन ।
५. विधाका माध्यमबाट सिपहरूको शिक्षण
- निबन्ध विधाका माध्यमबाट शिक्षण
६. सिपहरूमा आधारित क्रियाकलाप
- भाषाका मौखिक र लिखित चारओटै सिपको एकीकृत प्रयोगमा जोड ।
निबन्ध शिक्षणका कार्यकलापहरू
- सस्वर वाचन
- उच्चारण शिक्षण
- शब्दार्थ शिक्षण
- चित्र, वस्तु, प्रतिमूर्ति आदिको मौखिक वा लिखित वर्णन
- बोध प्रश्नोत्तर
- छलफल
- व्याख्या
- बुँदा टिपोट
- सङ्क्षेपीकरण
- स्वतन्त्र वा निर्देशित लेखन
- भाव विस्तार
- श्रुति लेखन
- अनुलेखन
- वाक्य रचना
- अनुच्छेद लेखन
- सारांश कथन/लेखन
- निबन्ध लेखन
। इति ।
५. चिठी शिक्षण र यसका कार्यकलापहरू
– चिठीका प्रकार
– चिठी शिक्षणको उद्देश्य
– चिठी शिक्षणका कार्यकलापहरू
चिठीको परिचय
– टाढा बसेको कुनै आफन्त वा परिचित हुलाकमार्फत वा कुनै मान्छेमार्फत पठाइने लिखित भलाकुसारी वा खैखबर। - कार्यालयले कुनै संस्था वा व्यक्तिलाई सम्बोधन गरी पठाउने कुनै पनि प्रकारको लेखोट (पत्र, परिपत्र, सूचना इत्यादि) ।
- कुनै व्यक्तिले संस्था वा विशिष्ट व्यक्तिका नाममा लेखेको दर्खास्त, आवेदन, निवेदन पत्र ।
- नेपाली बृहत् शब्दकोश

चिठी शिक्षणको उद्देश्य

- विभिन्न किसिमका चिठी वा पत्र लेख्नसक्ने क्षमताको विकास गर्न,

- घरायसी चिठी, निवेदन, व्यापकरिक चिठी, शुभ कामना पत्र, निमन्त्रणा पत्र, विज्ञापन, सूचना, फाराम भर्न, भौचर भर्न, व्यक्तिवृत्त आदि व्यावहारिक क्षमताको विकास गर्न ।
चिठी शिक्षणका कार्यकलापहरू
- सस्वर वाचन
- उच्चारण शिक्षण
- शब्दार्थ शिक्षण
- बोध प्रश्नोत्तर
- सारांश कथन/लेखन ( प्राय: घरायसी तथा कुनै निवेदनमा पनि)
- चिठी लेखनको अभ्यास
- खामको नमुना
। इति ‍।
६. कारक र विभक्तिको पहिचान तथा शिक्षणका तरिका
- कारक र विभक्ति पहिचान
- कारक र विभक्ति शिक्षणका तरिका
- कारक- वाक्यमा क्रियाको कार्यमा सहायक वा साधन हुने शब्द अथवा नामिक पदको क्रियासँग हुने आर्थी सम्बन्ध,
- संरचनाका आधारमा सरल र तिर्यक कारक
- तिर्यक- मैले भनेँ ।
कारक र विभक्तिमा फरक
कारक
-नामिक पद,
-नामिक पदले वाक्यमा रहने क्रियासँगको सम्बन्ध बुझाउने,
-अर्थका आधारमा कर्ता कर्म करण सम्प्रदान अपादान र अधिकरण गरी कारक- ६,
- कारक प्राण भए,
- कारक शरीर भए,विभक्ति
नामिक पदको पछाडि आउने चिह्न,
-विभक्तिले कारक,
 -प्रथमा द्वितीया तृतीय चतुर्थी पञ्चमी षष्ठी सप्तमी गरी विभक्ति ७,
- विभक्ति शरीर र पोसाक
यसरी कारक र विभक्तिको पहिचान गर्न सकिने ।
प्रत्यक्ष कर्म र अप्रत्यक्ष कर्म
दुईओटा क्रिया लिने कर्ममध्ये एउटा प्रत्यक्ष र अर्को अप्रत्यक्ष हुन्छ । क्रियासँग निकटतम अन्वय हुने प्रत्यक्ष वा मुख्य कर्म भनिन्छ । अप्रत्यक्ष कर्मसँग आउँदा यसले 'लाई' विभक्ति लिँदैन । अप्रत्यक्ष कर्म क्रियासँग सोझै अन्वय हुँदैन । यस्तो कर्मलाई गौण वा अमुख्य कर्म पनि भनिन्छ-
अप्रत्यक्ष कर्मप्रत्यक्ष कर्म
मैले भाइलाई किताब दिएँ ।
तिमीले श्यामलाई हिसाब देखायौ ।
 प्रत्यक्ष कर्म वाक्यको वास्तविक कर्म- कर्म कारक,
- अप्रत्यक्ष कर्म गौण कर्म- सम्प्रदान कारक ।
कारक र विभक्ति शिक्षणका तरिका
- कारक र विभक्ति चिह्नको प्रयोग भएको तालिका पढ्न लगाउने,
- विभिन्न कारक र विभक्ति चिह्नको प्रयोग भएका वाक्य वा अनुच्छेद दिने,
- कारक र विभक्तिको पहिचान गर्ने अभ्यास,
- एउटा चिह्नले दुईओटा कारक बुझाउने ठाउँका बारेमा सिकाउने,
- अर्थ र संरचनाका आधारमा कारकका फरक बताउने,
- आवश्यकताअनुसार आगमन र निगमन विधिको प्रयोग गर्ने,
७. पाठमा समाविष्ट नमुना अभ्यासहरूको औचित्य र प्रयोग
- भाषा पाठ्यपुस्तक
- नमुना अभ्यासहरू
- नमुना अभ्यासको औचित्य
- नमुना अभ्यासको प्रयोग
भाषा पाठ्यपुस्तक
-  विभिन्न विषय क्षेत्रका विषयवस्तुको प्रयोग,
- विधागत विविधताबाट प्रस्तुतीकरण र शैलीगत, विशेषता सिकाउने उद्देश्य,
- विषयवस्तुको सतही प्रयोग,
- भाषिक सिप र सुझको विकास गराउने अपेक्षा,
- मूल पाठपछि राखिने अभ्यासहरू विधागत आधारमा भिन्नाभिन्नै प्रकृतिका हुनु,
- भाषा सिकेर व्याकरण आफै सिकिन्छ भन्ने वर्णनात्मक, कार्यमूलक र प्रयोगात्मक व्याकरण शिक्षणका मर्मअनुकूलको प्रस्तुतीकरण,
पाठ्यपुस्तकमा प्रस्तुत विधाहरू
भाषा शिक्षणको उद्देश्य
- भाषिक सिप र विभिन्न विधाका माध्यमबाट प्रयोजनपरक भाषिक भेद सिकाउने मुख्य उद्देश्य पाइनु,
नमुना अभ्यासहरू
-  विधा र उद्देश्यअनुरूप हुनुपर्ने,
- भाषातत्त्वअनुरूपका पाठको पाठको चयन हुनुपर्ने,
- निपातका लागि- रूपक
- नाम/सर्वना/विशेषणका लागि - कविता/निबन्ध/जीवनी
- वाक्यतत्त्व र उखान टुक्काका लागि- कथा
- कवितामा लयबोध, कविता रचना,
- चिठीमा चिठी लेखन,
- कथामा वर्णसम्बन्धी अभ्यास,
- एकाङ्की र संवादमा संवाद लेखन,
- निबन्धमा निबन्ध लेखन,
- जीवनीमा जीवनी लेखन जस्ता अभ्यास अनिवार्य सर्त हुनुपर्ने,
- प्रत्येक पाठका अभ्यासमा चारओटै भाषिक सिपमा आधारित हुनुपर्ने,
- भाषातत्त्वसँग सम्बन्धित उच्चारण हिज्जे अर्थ तिनको प्रयोग र वाक्यतत्त्वसँग सम्बन्धित अभ्यास,
- सिर्जनात्मक लेखनसम्बन्धी अभ्यास,
नमुना अभ्यासहरू
-  प्रत्येक पाठमा सम्बन्धित अनुच्छेदकै मुनि कठिन शब्दको अर्थ दिइनु,
- भाषिक सिपअनुसार सुनाइ, बोलाइ, पढाइ र लेखाइको क्रमअनुसारका अभ्यास हुनु,
- भाषिक सिपमा आधारित विभिन्न अभ्यासका साथै व्याकरण, सिर्जनात्मक र केही पाठका अन्तमा परियोजना कार्य पनि दिइएको पाइनु,
१. सुनाइ सिप
- सुनाइ सिपको विकास गर्न मद्दत पुग्ने अभ्यासहरू दिइएको पाइनु,
- श्रुतिबोध, श्रुति लेखन, खाली ठाउँ भर्ने, सार व्यक्त गर्ने,
- सुनाइबाट बोलाइ, पढाइ र लेखाइलाई पनि सहयोग पुग्ने अभ्यास देखिनु,
२. बोलाइ सिप
- बोलाइ सिपको विकास गर्न मद्दत पुग्ने प्रकृतिका अभ्यासहरू दिइएको पाइनु
- उच्चारण, अर्थ, मौखिक वर्णन, कथा कथन, अक्षर संरचनानुसार उच्चारण, वाक्यमा प्रयोग, लय वाचन, विचार वा धारणा व्यक्त गर्ने, कुराकानी वा संवाद र छलफल ।
-  बोलाइ सिपबाट पढाइ, लेखाइ तथा सुनाइ सिपको पनि विकासमा मद्दत पुग्ने देखिनु,
३. पढाइ सिप
- पढाइ सिपको विकास गर्न मद्दत पुग्ने अभ्यासहरू दिइएको पाइनु,
- सस्वर वाचन, लय वाचन, अभिनयपूर्वक वाचन, मौखिक बोध प्रश्नोतर, मौखिक वर्णन, बुँदा टिपोट, लिखित बोध प्रश्नोत्तर, अनुचुछेद पठन, विचारको अनुमान, सारांश लेखन, बोध प्रश्नोत्तर लेखन, द्रुत पठन, मौन पठन, बोध र सारांश कथन एवं लेखन तथा अनुच्छेद लेखन ।
- पढाइ सिपबाट सुनाइ, बोलाइ र लेखाइ सिपको समेत विकास गर्न मद्दत पुग्ने प्रकृतिका अभ्यासहरू हुनु,
४. लेखाइ सिप
- लेखाइ सिपको विकास गर्न मद्दत पुग्ने अभ्यासहरू दिइएको पाइनु,
- वाक्यमा प्रयोग, अनुलेखन, छोटो उत्तर लेखन, भाव विस्तार, व्याख्या, सप्रसङ्ग व्याख्या, विवेचना, बुँदा टिपोट, सार लेखन र अनुच्छेद रचना ।
- वर्णविन्यासको प्रयोगसम्बन्धी अभ्यास (दीर्घ ईकार लागेका ब र व को प्रयोग भएका श र स को प्रयोग भएका अनेकार्थी श्रुतिसम भिन्नार्थी आदि शब्दमण्डार),
- तार्किक उत्तर लेखन,
- वैचारिक उत्तर लेखन,
-  दृष्टिकोण वा धारणामूलक उत्तर लेखन,
- लेखाइ सिपबाट सुनाइ, बोलाइ र पढाइ सिपको समेत विकास गर्न मद्दत पुग्ने प्रकृतिका अभ्यासहरू हुनु ।
व्याकरण
प्रत्येक पाठका अन्तमा व्याकरण शीर्षकअन्तर्गत व्याकरणका अभ्यासहरू दिइएको पाइनु,
- पहिचानमूलक (अनुच्छेद वा पाठगत आधारमा),
- टिपोट/खोज (अनुच्छेद वा पाठगत आधारमा),
- प्रयोग वाक्यमा प्रयोग,
- रूपायन, वाक्यनिर्माण, खाली ठाउँ भर्ने, व्याकरणिक कोटि भाषाका कुनै तत्त्व विशेषको प्रयोग गरी वाक्य वा अनुच्छेद रचना, वर्णन, फरक छुट्याउने, तालिकीकरण गर्ने आदि अभ्यास।
सिर्जनात्मक लेखन
पाठमा दिइएका विधाअनुसार तिनको सिर्जनात्मक अभ्यास उल्लेख भएको पाइनु ।
परियोजना कार्य (सबै पाठमा नभएको),
- नमुना अभ्यासको औचित्य
- भाषिक सिपमा आधारित हुनु,
- प्रयोजनपरक भाषिक भेदको विकासका लागि मद्द पुग्ने देखिनु,
- अभ्यासमा विविधता हुनु,
- वस्तुगत, बहु वैकल्पिक, सङ्क्षिप्त, व्याख्यात्मक, तार्किक र विवेचनात्मक उत्तर आउने प्रकृतिका हुनु,
- भाषातत्त्वका केही पक्षलाई भाषासँग अभिन्न राखेर अभ्यास दिनु,
- भाषातत्त्वसँग सम्बन्धित अभ्यासलाई अलग रूपमा पनि दिनु,
नमुना अभ्यासको प्रयोग
- विवेचना, सार र निष्कर्षात्मक उत्तरको अपेक्षा गर्ने प्रश्नबाहेक सबै अभ्यासहरू पाठ शिक्षण गर्दाकै अवस्थामा गराउने,
- भाषातत्त्वसँग सम्बन्धित खोज पहिचान टिपोटका अभ्यास पनि पाठसँगै गराउने,
- पाठ शिक्षण र अभ्यासलाई एकीकृतरूपमा लैजाने,
- आफ्नो स्थानीय आवश्यकता र उपलब्धताका आधार अभ्यासलाई अनुकूल बनाएर गराउने ।
। इति ।

(नोट : यसमा मिति २०७८/०१/५ देखि २०७८/०१/१४ गतेसम्म शिक्षा तालिम केन्द्र रुपन्देही, शाखा तुलसीपुरद्वारा आयोजित माध्यमिक तह कक्षा ९-१० का नेपाली विषय शिक्षकको पेसागत विकास (TPD) तालिममा प्रस्तुत सहजीकरण गर्दा तयार पारिएको 'पावर प्वाइन्ट' का फाइलहरूलाई कपी गरेर राखिएको छ । यसमा सामान्य त्रुटि हुन सक्छन् किनभने यी औपचारिक कक्षा प्रस्तुति गर्ने उद्देश्यमात्रले तयार पारिएका हुन् । यसलाई हुबहु सारेर अन्यत्र प्रयोग गर्न पाइने छैन ।)

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top