Basis for finding word sources (शब्द स्रोत पहिल्याउने आधार)

Dr.Khagendra Ghodasaini
0
शब्द स्रोत पहिल्याउने आधार
डा. खगेन्द्र घोडासैनी

नेपाली भाषामा तद्भव, आगन्तुक र तत्सम गरी तीन प्रकारका स्रोतबाट आएका शब्द प्रचलित छन् । पालैपालो यहाँ तिनको परिचय र पहिचान गर्ने केही आधारहरू उल्लेख गरिएको छ :
तद्भव शब्द
संस्कृतबाट रूप फेरिएर नेपालीमा आएका शब्द
- जस्तै : हस्त–हात, नव–नयाँ, अन्धकार–अँध्यारो, स्वेत–सेतो, रक्त–रातो, पीत–पहेँलो आदि,
- (क) स्रोत पत्ता लागेका : दुध, पिठो, आँखा, कान, नाक, साँचो, हाँसो, आगो, आँसु आदि,
- (ख) स्रोत पत्ता नलागेका : गुन्द्रुक, ढिँडो, टहरो, बन्चरो, फनफनी, झ्याम्म, च्याट्ट, बेसरी, बिस्तारै, चकचके, चुत्रो, ऐँसेलु, काफल आदि ।
- नेपालीका सम्पूर्ण सर्वनाम शब्द : म, हामी, तँ, तिमी आदि ।
- नेपालीका सम्पूर्ण सङ्ख्यावाचक शब्द : दुई, तीन, चार आदि ।
- सम्पूर्ण अनुकरणात्मक शब्द : कलकल, ड्याम्म, झलमल्ल आदि ।
- सम्पूर्ण धातु तिनबाट बनेका क्रियावर्गका शब्द : खा, खानु, खाएँ आदि ।
- सम्पूर्ण तद्भव कृत् प्रत्यय लागेका शब्द : नु, न, एर, ई (गर् +नु, खान+न, लेख्+एर, भन्+ ई) आदि ।
- सम्पूर्ण तद्भव तद्धित प्रत्यय लागेका शब्द : जिस्की+आहा, घर+एलु आदि ।
- तत्सम शब्दमा तद्भव कृत् वा तद्धित प्रत्यय लागेका शब्द : वर्ष+ ए =बर्से, स्वीकर+एर, नु, दै, न । दश+ऐँ, औँ, विदेश+नु, न ।
आगन्तुक शब्द
संस्कृत र नेपालीबाहेक संसारका अन्य भाषाबाट आएका शब्दहरू
- अरबी : अखबार, किताब, जुलुस, फाइल, अदालत, कानुन ।
- फारसी : चलाक, तनखा, लगाम, गरिब, सहिद, फौज ।
- अङ्ग्रेजी : एरियल, डाक्टर, टिकट, पार्टी, मोबाइल, कम्प्युटर ।
- पुर्तगाली : अचार, कमिज, गोभी, तौलिया, पाउरोटी ।
- जापानी : कराँते, जुडो, होन्डा ।
- रसियाली : भोड्का, जार, रुबल ।
- चिनिया : चाउचाउ, चाउमिन, मम,
- तुर्की : कैँची, चम्चा, तोप, बहादुर, लास, ।
- फ्रान्सेली : कर्फ्यु, कार्टुन, जज, डिलक्स, ब्लाउज ।
- ल्याटिन : क्यालेन्डर, क्याम्पस, कोटा, अपरेटर, एजेन्डा, कोरम ।
- ग्रिसेली : थर्मस, थेसिस, फिलोसोफी, प्रोग्राम, थ्यौरी ।
- नेवारी : ढोका, झ्याल, पर्खाल, प्वाल, लाखे, बुइँगल, क्वाँटी, चाकु, छिँडी, कौसी, सिकर्मी, सुकुल ।
- तामाङ : सेलो, मैच्याङ, डम्फु, च्याङ्वा ।
- मैथिली : पैनी, जन, ढेवा ।
- भोटे : च्याङ्ग्रा, लामा, झुमा, बक्खु ।
- गुरुङ : खुर्पा, घुम, राडी, रोदी, सोरठी, घाँटु, थुन्से ।
- हिन्दी : आपस, ठक्कर, सब्जी, हलुवा, कच्चा, समोसा, अन्धाधुन्ध ।
- थारु : बटैया, सँगारिया, डग्रा, ढिग्री, उर्द ।
तत्सम शब्दको स्रोत पहिल्याउने आधार
- लेख्य स्वरयुक्त शब्द : ऋण, ऋषि, ऐरावत, ऐक्यबद्धता, औषधी, अङ्क, अत:
- शब्दको सुरु र बिचमा ई र ऊ दीर्घ लेखिने शब्द (नेपालीका श्रुतिसम भिन्नतार्थकबाहेक) : ईशा, ईश्वर, आश्वीन, नवीन, प्रवीण, ऊष्ण, ऊर्जा, ऊर्ध्व, उलूक, अमूल्य ।
- लेख्य व्यञ्जनयुक्त शब्द : व्यञ्जन, घण्टा, शेखर, षष्ठ, क्षत्रिय, त्रिशूल, ज्ञान
- आधा 'र' लागेका 'रि' उच्चारण हुने शब्द : कृपया, कृष्ण, कृपा, कृषि, कृत, सृजना, शृङ्खला, वृक्ष, हृदय, दृश्य आदि ।
- 'य' वर्णको प्रयोग भएका अधिकांश शब्द : योग, विद्यालय, यज्ञ, यश, योजना, युवा, युवती, यावत्, यायावर, वय आदि ।
- तत्सम उपसर्गयुक्त शब्द : प्र, परा, अप, सम्, अनु, अव, निस्, निर्, दुस्, दुर्, वि, आ, नि, अधि, अपि, अति, सु, उत्, अभि, परि र उप ।
- उपसर्गवत् पूर्वसर्ग : स्व, कु, सह ।
- शब्दको लेखाइमा व हुने तर उच्चारणमा ब हुने केही शब्द : वातावरण, वय, वायु, भावना, वर्ग, वर्तित ।
- तत्सम कृत् प्रत्यययुक्त शब्द: कृ+त, कृ+ति, स्मृ+अन, पूज्+य, भुज्+त, वच्+ता, युज्+य, ज्ञ+ता ।
- तत्सम तद्धित प्रत्यययुक्त शब्द : सम्पादक+ईय, राष्ट्र+इय, नीति+इक, भूत+इक, गति+वान्, श्री+मती ।
आफ्नो रूप नफेरिई संस्कृतबाट जस्ताको तस्तै आएका शब्दहरू :
- विद्यालय, कलम, पुस्तक, पुर, नगर, वादविवाद, समाज, अश्रु, करुणा, स्वप्न, पूर्ण, निद्रा, वार्ता, मूर्ति, पितामाता, पुत्र, सुख, दुख, संशय, हंस, वंश, कर्म, अमृत, ईश्वर, कार्य, सुर, रीति, राक्षस, मानव, नवीन आदि ।
तद्भव कृत् प्रत्ययको सूची
- नु, आइ, ओ, आ, आवट, ओट, ई, अन, अनी, आउनी/अउनी, आउ, आउ/आव, औती, अत, अल, आरो, उवा, ती, नी, ने, ना, एको, दो/तो, आहा, अक्कड, इलो, अन्त/अन्ते/अन्ता, ऐया, आया, ए, एर, ई, दै/तै, दा/ता, उन्जेल र इन्जेल आदि ।
तद्भव तद्धित प्रत्ययको सूची
- आन/वान\, आल, आ, आइ, आइँ/याइँ, आली/ली, एली, ए, ले, आलु, आलो, आरो, याहा/आहा, अडी/आडी, इया, इयार, इ/ई, इलो, उवा, एटो, एरो, औटो/यौटो, औतो, औली/यौली, औलो/यौलो, औले, औरो/आउरो, को, पन/पना, लो, ती, वाल/वाला, बाज, दार, ची, नामा र दानी आदि ।
- स्त्रीलिङ्गी व्युत्पन्न : ई, नी र इनी ।
तत्सम कृत् प्रत्ययको सूची
आ, य, तव्य, अनीय, अक, इका, अन, इ/ई, मान्, त, ट, ध, न, ण, इत, ति, टि, धि, नि, ता, टा र धा आदि ।
तत्सम तद्धित प्रत्ययको सूची
- य, इक, इका, ई, ईय, इय, ईन/ईण, इत, आलु, मान्, वान्, वी, इम, इमा, इष्ठ, तर, तम, मय, वत्, क, ता/त्व, त, तया र श: आदि ।
- स्त्रीलिङ्गी व्युत्पन्न शब्द : आ ई नी/इनी र इका आदि ।

(नोट : माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरूको पेसागत तालिमका क्रममा तयार पारिएको सामग्री अरूलाई पनि सघाउ पुग्ने देखेर यहाँ हुबहु राखेको छु । अरू केही थपेर शब्दस्रोत पहिल्याउने सूत्रात्मक आधार बनोस् भन्ने हेतुले यहाँहरूका उपयुक्त सुझावहरू ग्राह्य हुने विश्वास लिएको छु । कृपया उचित प्रतिक्रिया दिनुहोला । -लेखक)

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top