अछामी भाषामा भएका अध्ययन अनुसन्धानहरुको विवरण (Details of studies and research conducted in the Achhami language)

Dr.Khagendra Ghodasaini
0

अछामी भाषामा भएका अध्ययन अनुसन्धानहरुको विवरण
                                                                                                                        डा. खगेन्द्र घोडासैनी

अछामी भाषाको पहिचान, संरक्षण, संवर्धन र विकासमा टेवा पुर्‍याउने प्रकृतिका अभिलेख, लोकसाहित्य, भाषा वा व्याकरण, शब्दकोश, लेख्य साहित्य र पत्रपत्रिकाको प्राप्त विवरणलाई जानकारीका लागि उल्लेख गरिएको छ।
अभिलेख
शिलालेख, ताम्रपत्र, कनक पत्र, वंशावलीका प्रशस्ति आदिले यसक्षेत्रमा प्रचलित भाषाका प्राचीन कालका अभिव्यक्तिको प्रतिनिधित्व गरेका छन्। त्यस्ता सामग्रीहरूमध्ये केही सामग्रीहरूको सङ्कलन, पुनर्लेखन एवम् तिनका सम्बन्धमा आवश्यक टिप्पणीसमेत भएको पाइन्छ। यस्ता अभिलेखहरूको सङ्कलन योगी (२०१२ र २०२२), अधिकारी (२०५६) पोखरेल (२०६७) र खनाल (२०६८) तथा सुवेदी (२०५८) बाट भएको छ।
लोकसाहित्य
दण्डिस्वामी केवला नन्द (२०२०) अछामको होरी
तेजप्रकाश श्रेष्ठ (२०४४) अछामी लोकसाहित्य
खगेन्द्र घोडासैनी (२०६०) गाली साहित्य र अछामी गालीमा पाइने व्यङ्ग्य चेतना
खगेन्द्रप्रसाद उपाध्याय (२०६१) अछामी गालीको अध्ययन र विश्लेषण
खगेन्द्रप्रसाद उपाध्याय (२०६१) अछामी ड्यौंडा गीतको अध्ययन
जनकदत्त उपाध्याय (२०६३) अछामी लोककथाको संरचनात्मक अध्ययन
नेत्रराज उपाध्याय (२०६४) अछाम जिल्लामा प्रचलित उखानहरूको अध्ययन
जितानन्द अधिकारी (२०६४) अछामी मागल र पर्व गीतहरूको सङ्कलन, वर्गीकरण र विश्लेषण
देवेन्द्रप्रसाद भट्ट (२०६५) अछाम जिल्लामा प्रचलित होरीगीतको अध्ययन
नरबहादुर बुढा (२०६७) अछाम जिल्लामा प्रचलित भुओ पर्वगीतको अध्ययन
खगेन्द्र घोडासैनी (२०६७) अछामी गालीको अध्ययन
देवेन्द्रप्रसाद भट्ट (२०७२) अछामी होरी गीतको पौराणिक सन्दर्भ तथा गीति तत्त्वगत अध्ययन
भाषा र व्याकरण
हर्कबहादुर शाही (२०५५) अछामी भाषिकाको अध्ययन
ताराप्रसाद न्यौपाने (२०५९) सान्तडी भाषिका : एक अध्ययन
खगेन्द्र घोडासैनी (२०६१) अछामी भाषिकाका स्थानीय भेदहरु
ऋषिकेश ढकाल (२०६२) अछामी भाषिका र नेपाली भाषाका व्याकरणिक कोटिको तुलनात्मक अध्ययन
खगेन्द्रप्रसाद उपाध्याय (२०६१) अछामी भाषिकाको शब्दकोश निर्माण
अनिल शाह (२०६४) अछामी भाषिकाका व्याकरणात्मक कोटिको अध्ययन
हिक्मतबहादुर सोडारी (२०६७) अछामी भाषिकाका व्याकरणात्मक कोटिको अध्ययन
चक्रबहादुर बोहोरा (२०६९) अछामी भाषिका र मानक नेपाली भाषाकोे वाक्य गठन प्रक्रियाको तुलनात्मक अध्ययन
गणेश सोडारी (२०६९) अछामी भाषिका र मानक नेपाली भाषाको पद सङ्गति सम्बन्धी व्यतिरेकी अध्ययन
हर्कबहादुर शाही (२०७०) अछामी भाषाको अध्ययन
खगेन्द्रप्रसाद उपाध्याय (२०७२) अछामी भाषिका र नेपाली भाषाको व्यतिरेकी अध्ययन
खगेन्द्र घोडासैनी (२०७७), अछामि भासाको ब्याकरड् (२०७७)
शब्दकोश
खगेन्द्रप्रसाद उपाध्याय (२०६४) अछामी भाषिकाको शब्दकोश निर्माण
लेख्य साहित्य
पहलमानसिंह स्वारको लालुभागा (रचना वि.सं.१९७५, प्रकाशन २०३३) नाटक तथा फुटकर कविता।
हर्षप्रसाद भट्ट- प्याउली गुलाफ (२०६२) खण्डकाव्य, तुर्माखाँद चौखुट्टे (२०६७) गीतियात्रा साहित्य ।
मोहन शाह- भोल्छालको रामारोशन (२०७५) लघुकथा सङ्ग्रह
सागर रिमाल- ओटालो (२०८१) गजल सङ्ग्रह
पत्रपत्रिका र रेडियो
गोरखापत्रको नेपाल भाषा विशेषाङ्कमा प्रत्येक महिनाको अन्तिम हप्ता अछामी भाषाको पेज र अछामका एफएममा प्रसारित हुने कार्यक्रमहरू- रेडियो रामारोशनबाट बाडुल्ली, लेक औलका भाका, रेडियो कमल बजारबाट पश्चिमका भाका, रेडियोमा स्थानीय अछामी भाषामा समाचार वाचन- रामारोशन रैबार र रेडियो गाउँघर।
अन्य
अडियो, भिडियो गीति क्यासेट एल्बम, केन्द्रीय एवम् क्षेत्रीय रूपमा प्रसारित हुने गरेका सचेतनामूलक सूचना, विज्ञापन आदि पनि यसक्षेत्रका भाषिकाहरूमा प्रसारित भएका देखिन्छन्।
यी विविध गतिविधिका कारण अछामी भाषाको संरक्षणमा मद्दत पुगेको छ। सरकारी तहबाट यस्ता कार्य अझै बढाउनुपर्ने आवश्यकता देखिन्छ।

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top