परियोजना कार्यः १
१.१
परियोजनाको शीर्षकः नियात्राको
समीक्षा र नियात्रा लेखन
विषय: नेपाली (कक्षा १२)
(एकाइ/विधा): नियात्रा
परियोजना प्रकार: खोजमूलक, अनुभवात्मक
र सिर्जनात्मक
अवधि: ३ हप्ता
ढाँचा: लिखित प्रतिवेदन + प्रस्तुतीकरण
प्रतिवेदन ढाँचा: नेपाली एकेडेमिक
ढाँचा / APA Style
परियोजना लेखन हस्त लिखित हुनुपर्ने।
१.२ मुख्य प्रेरक
प्रश्न
भौगोलिक र
सांस्कृतिक सौन्दर्यलाई नियात्रा साहित्यमा कसरी जीवन्त रूपमा प्रस्तुत गर्न
सकिन्छ र यसले ओझेलमा परेका स्थानीय पर्यटन प्रवर्द्धनमा कसरी योगदान पुर्याउँछ ?
सहायक प्रश्नहरू:
१. नियात्रा (यात्रा संस्मरण) भनेको
के हो र यसका मुख्य तत्त्वहरू (विषयवस्तु, शैली र उद्देश्य) के-के हुन् ?
२. कक्षा १२ को पाठ्यपुस्तकमा
समाविष्ट नियात्रा 'घनघस्याको उकालो काट्ता' मा लेखकले सुदूरपश्चिमको भूगोल, संस्कृति र
जनजीवनलाई कसरी प्रस्तुत गरेका छन् ?
३. भौगोलिक दुर्गम, वातावरणीय प्रभाव र पर्यटकीय
सम्भावनाबिच के-कस्तो सम्बन्ध हुन्छ ?
४. आधुनिक डिजिटल युगमा रोचक नियात्रा
र फोटो/भिडियो ब्लग (Vlog)
मार्फत स्थानीय पर्यटन प्रवर्द्धन गर्न कत्तिको सम्भव छ ?
१.४ परियोजना
कार्यका चरणहरू
कार्य १. : अनुसन्धान र तयारी
(हप्ता १ – ८ घण्टा)
निर्देशनहरू:
१. नियात्रा विधाको सैद्धान्तिक अध्ययन:
o नियात्राको परिभाषा, इतिहास, विशेषता र अन्य विधा (जस्तै: निबन्ध वा संस्मरण) सँगको भिन्नता अध्ययन
गर्नुहोस् ।
२. पाठ्यपुस्तकको नियात्रा विश्लेषण:
o कक्षा १२ को पाठ 'घनघस्याको उकालो
काट्ता' ध्यानपूर्वक पढ्नुहोस् र लेखकको यात्रा शैली,
भाषा, बिम्ब र स्थानीय परिवेशको टिपोट
गर्नुहोस् ।
३. स्थान छनौट तथा पूर्वतयारी:
o विकल्प क: आफ्नो क्षेत्र/जिल्लाभित्र रहेको कुनै ऐतिहासिक,
धार्मिक वा प्राकृतिक स्थलको छोटो यात्राको योजना बनाउनुहोस् ।
o विकल्प ख: भ्रमण सम्भव नभएमा आफूले पहिले गरिसकेको कुनै
अविस्मरणीय यात्रालाई आधार बनाउनुहोस् ।
o भ्रमणका क्रममा ध्यान दिनुपर्ने
कुराहरू (नोटबुक, क्यामेरा/मोबाइल, अन्तर्वार्ताका प्रश्नहरू) को
तयारी गर्नुहोस् ।
कार्य २: क्षेत्र भ्रमण र
सिर्जनात्मक लेखन (हप्ता २ – १० घण्टा
निर्देशनहरू:
तपाईंले छनौट गरेको स्थानको
भ्रमण/अनुभवका आधारमा निम्न पक्षहरूमा सामग्री सङ्कलन र लेखन गर्नुहोस्:
क. प्रत्यक्ष अवलोकन र तथ्य सङ्कलन:
- स्थानको भौगोलिक अवस्थिति, प्राकृतिक
सुन्दरता र वातावरणीय अवस्थाको अवलोकन गरी टिपोट गर्नुहोस् ।
- भ्रमण स्थलका कम्तीमा २ जना
स्थानीय व्यक्तिहरूसँग त्यहाँको इतिहास, रहनसहन र संस्कृतिबारे छोटो
अन्तर्वार्ता लिनुहोस् ।
ख. चित्रात्मक र अनुभूतिमूलक लेखन
- यात्राको सुरुवात, बाटोका अनुभव,
भेटिएका पात्रहरू र गन्तव्यको वर्णनलाई क्रमिक रूपमा
ढाल्नुहोस् ।
- केवल ठाउँको वर्णन मात्र नगरी
आफ्नो व्यक्तिगत अनुभूति,
भावना र विचारलाई समावेश गरी ५०० शब्दसम्मको मौलिक
नियात्रा रचना गर्नुहोस् ।
ग. तस्बिर तथा प्रमाण सङ्कलन:
- यात्राका क्रममा लिइएका
तस्बिरहरू (स्थान,
मानिस, संस्कृति) र भ्रमणका प्रमाणहरू
सङ्कलन गर्नुहोस् ।
घ. तुलनात्मक विश्लेषण: पाठमा दिएको ‘घनघस्याको उकालो काट्दा
र आफूले लेखेको नियात्राको तुलना गर्नुहोस् ।
कार्य ३ : प्रतिवेदन लेखन (हप्ता ३ – १० घण्टा)
प्रतिवेदनको
संरचना:
|
खण्ड |
विवरण |
|
आवरण पृष्ठ |
परियोजनाको शीर्षक प्रस्तुत परियोजना कक्षा १२ को नेपाली विषयको आन्तरिक मूल्याङ्कनअन्तर्गत 'प्रयोगात्मक तथा परियोजना कार्य'को आंशिक पाठ्यांशको परिपूर्ति गर्ने प्रयोजनका लागि गोरखा माध्यमिक विद्यालयसमक्ष प्रस्तुत परियोजना कार्य- २०८३ विद्यार्थीको
नाम, रोल नं., कक्षा, विषय, विद्यालयको नाम। |
|
दोस्रो पृष्ठ |
परियोजनाको
शीर्षक, दायाँतिर संयोजकको नाम र हस्ताक्षर, बायाँतिर विषय शिक्षकको नाम
हस्ताक्षर । बुझाएको मिति |
|
धन्यवाद तथा
कृतज्ञताज्ञापन |
सहयोग गर्ने
शिक्षक, अभिभावक र स्थानीय
उत्तरदाताहरूलाई धन्यवाद |
|
विषयसूची |
सम्पूर्ण
परियोजनाका मुख्य मुख्य शीर्षकलाई विषयसूचीका रूपमा राख्ने र तिनको पृष्ठसमेत
उल्लेख गर्ने। |
|
परिचय |
नियात्रा
विधाको परिचय, यसको महत्त्व र मुख्य प्रेरक प्रश्नको प्रस्तुति |
|
उद्देश्यहरू र
समस्या |
सहायक
प्रश्नहरूमा आधारित भएर ३–४ वटा उद्देश्यहरू सूचीबद्ध गर्ने र उद्देश्यमा आधारित
भएर उद्देश्यजति नै प्रश्नात्मक शैलीमा समस्या लेख्ने |
|
परियोजनको
विश्लेषण |
|
|
आवश्यकताअनुसार
विभिन्न उपशीर्षकामा विश्लेषणको प्रस्तुति |
१. 'घनघस्याको उकालो काट्ता'
नियात्राको मुख्य विशेषता र विश्लेषण । २. स्वयं
निर्मित मौलिक नियात्रा (तस्बिर तथा विवरण सहित) |
|
निष्कर्ष |
यात्राबाट
प्राप्त सिकाइ, स्थानीय पर्यटन प्रवर्द्धनका सुझाव र नियात्रा विधाको सान्दर्भिकता |
|
सन्दर्भ
सामग्री |
प्रयोग गरिएका
स्रोतहरू (पाठ्यपुस्तक, पत्रपत्रिका, अन्तर्वार्ताका पात्रहरू) को सूची
एपिए शैलीमा, AI को प्र्योग निषेध। |
कार्य ४ : प्रस्तुतीकरण र अन्तर्वार्ता (हप्ता ३/४)
निर्देशनहरू:
१. परियोजनाको सार समेटेर चार्ट पेपर
वा ६–८ स्लाइडको PowerPoint
Presentation तयार पार्नुहोस् ।
२. आफ्नो यात्राको अनुभव, सङ्कलित तस्बिर र
नियात्राको मुख्य भाग कक्षामा प्रस्तुत गर्नुहोस् ।
३. शिक्षक वा साथीहरूले सोधेका
प्रश्नहरूको मौखिक उत्तर (Viva-voce)
दिन तयार रहनुहोस् ।
परियोजना कार्य-२
दसैँ परियोजना
- मुख्य प्रश्न: "स्थानीय जीवनशैली, व्यक्तित्व र सामाजिक रूपान्तरणलाई जीवनी तथा
निबन्धमार्फत कसरी प्रस्तुत गर्न सकिन्छ?"
- शीर्षक: स्थानीय स्रष्टा/ज्येष्ठ नागरिकको जीवनी लेखन तथा
सामाजिक विषयमा निबन्ध सिर्जना
निर्देशन:
१. दसैँ बिदाको समयमा आफ्नो
क्षेत्रका कुनै पुराना साहित्यकार, शिक्षक, समाजसेवी वा ज्येष्ठ नागरिकको विस्तृत अन्तर्वार्ता
(टिपोट/अडियो) लिनुहोस्।
२. प्राप्त तथ्यका आधारमा उहाँको
योगदान खुल्ने गरी ३०० शब्दमा जीवनी तयार पार्नुहोस्।
३. उक्त व्यक्तिको समाजप्रतिको
योगदान र त्यसबाट पाइने प्रेरणाबारे २०० शब्द समीक्षात्मक टिप्पणीसहितको परियोजनाको
ढाँचामा प्रतिवेदन तयार पार्नुहोस्।
आइतबारको गृहकार्य-१
दैनिक पत्रिका र पाठ्यपुस्तकमा दिइएका व्यावहारिक लेखनका विभिन्न नमुना (निवेदन‚ सूचना वा सिफारिस, भर्पाई, विज्ञापन, श्रद्धाञ्जली तथा समवेदना) का करिब ५ ओटा नमुना सङ्कल गर्नुहोस् र ती पत्रहरूमा पाइने शब्दस्रोत (तत्सम, तद्धव र आगन्तुक) को पन्ध्र पन्द्रओटा शब्द टिपोट गर्नुहोस् ।
